मुख्य समाचार
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो

। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्।

आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा, प्रमुख जिल्ला अधिकारी, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सडक विभागका महानिर्देशकलगायतका जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल गरेका थिए।

छलफलका क्रममा उनले पीडितहरूको तत्काल व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक पहल गर्न आग्रह गरे।

आफ्नो अवलोकनको निष्कर्ष सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै डा. भट्टराईले विपद्को भयावह अवस्था चित्रण गरेका छन्। उनले लेखेका छन्, ‘शृंगी हिमाली चट्टानी पहिरोले बूढीगण्डकीको सहायक नदीको प्रवाह अवरुद्ध गरेर विस्फोटनपश्चात् तीव्र गतिमा चट्टान र लेदोसहित प्रवाहित हुँदा किनाराका पूरै बस्ती, पक्की पुल, झोलुङ्गे पुल, जलविद्युत् निर्माण संरचना आदि ठूलो मात्रामा बगाएको र पुरेको देखियो।’

उनले यस विपत्तिलाई गम्भीरतापूर्वक लिएर तत्काल उद्धार, राहत र पुनर्स्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बगाएका पक्की पुलहरूको पुनर्निर्माणसहित बूढीगण्डकी करिडोरको एकीकृत विकास र हिमाली क्षेत्रको वातावरणीय संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन आयोजनाहरूसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै डा. भट्टराईले भनेका छन्, ‘राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना र सामरिक महत्त्वको बेनीघाट–आरूघाट–रुइला भञ्ज्याङ सडक निर्माणसँग पनि यसलाई तालमेल मिलाएर अघि बढाइयोस्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् । ‘बाढीमा परी ५ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...
। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बूढीगण्डकी बाढीबाट प्रभावितको तत्काल सुरक्षित पुनर्स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार एक अपिल जारी गर्दै अध्यक्ष दाहालले गोरखाको बूढीगण्डकी नदीमा आकस्मिक आएको बाढीबाट भएको भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरे । जसमा उनले लेखेका छन्, ‘बाढीबाट बेपत्ताहरूको खोजी, प्रभावित नागरिकहरूको उद्धार, राहत तथा सुरक्षित पुनर्स्थापनाका लागि तत्काल प्रभावकारी कदम ...