मुख्य समाचार
बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको
बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको

। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।

उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् ।
‘बाढीमा परी ५ जना बेपत्ता हुनुभएको सूचना प्राप्त भएको छ । जसको खोजी कार्य तीव्र पारिएको छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

बाढीले झोलुङ्गे र पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी हाइड्रो क्याम्प क्षेत्र, निर्माण उपकरण र वरिपरि रहेका घरहरू बगाएको उनले भनेका छन् ।

‘बाढीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली खटिएर नदी तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्ताहरूलाई तुरुन्त प्रतिकार्यमा खटिन एसएमएस पठाइयो ।’

यस्तै, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखामा गोरखा, धादिङ, चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुईपटक गरी करिब २ लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको उनले जानकारी दिएका छन् ।

यस्तै, गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रधानमन्त्री बालेनले जानकारी दिएका छन् ।

‘प्रभावित क्षेत्रमा अहिले पनि खोजी तथा उद्धार जारी छ । नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बल, नेपालका १७७ गरी ४३७ जना सुरक्षाकर्मी र नेपाली सेनाको चारवटा हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ,’ प्रधानमन्त्रीले भनेका छन् ।

कारण पत्ता लगाउन विज्ञ टोली परिचालन

प्रधानमन्त्री बालेनले घटनाको कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीनजनाको टोली ड्रोनसहित परिचालन गरिएको जनाएका छन् । ‘नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ,’ उनले भनेका छन् ।

प्राधिकरणको विपद् प्रतिकार्य कमान्ड पोष्स्को बैठक निरन्तर चलिरहेको र बैठकबाट बाढीको निरन्तर अनुगमन, अवस्था विश्लेषण र आवश्यक सूचना सम्प्रेषण तथा प्रतिकार्यका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय, सहजीकरण गर्नुका साथै निर्देशन समेत दिइएको उनले बताएका छन् ।

यस्तै, सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक संचालन तथा बेलिब्रिज संभाव्यता अध्ययनका लागि खटिसकेको प्रधानमन्त्री बालेनले बताएका छन् ।

‘सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधारहरू पुन: सुचारु गर्न आवश्यक कदम अगाडि बढाइसकेको छ। आरुघाटमा बेलीब्रिज जडानको लागि तयारी थालिसकिएको छ,’ उनले भनेका छन् ।

यस्तै, उनले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्। आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...
। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बूढीगण्डकी बाढीबाट प्रभावितको तत्काल सुरक्षित पुनर्स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार एक अपिल जारी गर्दै अध्यक्ष दाहालले गोरखाको बूढीगण्डकी नदीमा आकस्मिक आएको बाढीबाट भएको भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरे । जसमा उनले लेखेका छन्, ‘बाढीबाट बेपत्ताहरूको खोजी, प्रभावित नागरिकहरूको उद्धार, राहत तथा सुरक्षित पुनर्स्थापनाका लागि तत्काल प्रभावकारी कदम ...