मुख्य समाचार
अमेरिकाका लागि प्रस्तावित राजदूतलाई प्रश्न– नेपालको स्वार्थमा काम गर्ने कुरा कसरी विश्वास गर्ने ?
अमेरिकाका लागि प्रस्तावित राजदूतलाई प्रश्न– नेपालको स्वार्थमा काम गर्ने कुरा कसरी विश्वास गर्ने ?

। अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापासँग सोमबार संसदीय सुनुवाइ भएको छ ।

सुनुवाइका क्रममा सांसदहरूले नेपाल र अमेरिकी सम्बन्ध र यसबारेका चासोका विषय उठाएका छन् ।




रास्वपाका सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिला विज्ञ भएको बताए । एनजीओ र आईएनजीओमा समेत काम गरेको स्मरण गराए ।

‘कतै स्वार्थको द्वन्द हुन्छ कि ?’ भन्दै उनले प्रश्न गरे, ‘त्यस्तोमा के गर्नुहुन्छ ?’



उनले थप भने, ‘नेपालको कोर राष्ट्रिय स्वार्थमा काम गर्नुहुन्छ ? काम गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?’ प्रस्तावित राजदूत थापासँग सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ ।

थापाले कोलम्बिया विश्वविद्यालयको ‘अन्तर्राष्ट्रिय तथा सार्वजनिक मामिला स्कुल’ बाट पूर्ण प्राज्ञिक छात्रवृत्तिसहित अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर र अमेरिकाको जेनेसियो विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् ।

सन् २०१७ देखि उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशमा जोखिम र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन् ।

उनी हाभर्ड केनेडी स्कुलको ‘आन्तरिक सुरक्षा नेतृत्व’ कार्यक्रम पूरा गर्ने पहिलो गैरसैनिक नेपाली र दुई पटक प्रधानसेनापति प्रशंसापत्र प्राप्त गर्ने पहिलो व्यक्ति हुन् ।

उनले गर्ने काम कस्तो हुन्छ ? भनेर सांसदहरूले प्रश्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै उनले आफूहरू मानवतावाद चाहेको बताए। तर, मानवतावादको आडमा त्यसविपरीत काम गर्नेहरू पनि थुप्रै रहेको बताए। 'हामी न्यायको बाटोमा हिंड्न चाहन्छौं। समाज शान्ति भएको देख्न चाहन्छौं। शान्तिका लागि र संगठित समाजका लागि जनताले प्रतिवाद गर्न सक्छन्। त्यसलाई ...
। आइतबार बुढीगण्डकी नदीमा आएको बाढीले त्यस क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी सबै पर्यटक सुरक्षित रहेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार पदमार्गमा भने क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा अड्किएका मानिसको उद्धारको काम नेपाल सरकारको सहयोगमा भइरहेको छ । चुम भ्याली पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ । सार्दीभिरमा रहेको क्यान्टिलिभर झोलुङ्गे पुल ...
। आइतबारको बुढीगण्डकी बाढीले एक दर्जन खानेपानी आयोजनामा क्षति पुगेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने विशालटार आरुघाट खानेपानी आयोजनामा क्षति पुगेको छ । यसले वडा नम्बर २ मा खानेपानी आपूर्ति प्रभावित भएको छ । सोही गाउँपालिकामा मन्पाङ खानेपानी आयोजनामा पनि क्षति पुगेको छ । जसले एक ...
: दशैं र तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरी लुम्बिनी प्रदेशका ६८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बसपार्क क्षेत्रबाट यात्रुहरुलाई गन्तव्यसम्म सुरक्षित यात्रा गराउने उद्देश्यले सहायता कक्षको स्थापना गरिएको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको अगुवाईमा जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयसहित विभिन्न ...
। नेकपा एमालेले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली महिला बिहे गरेर चीन जाने र अलपत्र पर्ने समस्या समाधानको उपाय खोजेको छ । शर्माको सुनुवाइ जारी छ । सांसदहरुले प्रश्न र सुझाव राखेका छन् । यसक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भनिन्, “बिहे गर्ने नाममा नेपाली चेली लैजाने, त्यसपछि चीनमा अलपत्र पर्ने कुरा छ ।’ यस ...