मुख्य समाचार
एम्बुलेन्स ताेडफाेड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ
एम्बुलेन्स ताेडफाेड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

। सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पार्किङ गरेर राखिएको एम्बुलेन्स तोडफोड भएको छ । सभापाेखरी गाउँपालिकाकाे एम्बुलेन्स ताेडफाेड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–६ का १८ वर्षीय युजेन राई, सभापोखरी- ५ का १९ वर्षीय सबिन लिम्बू र सभापोखरी – ३ का १८ वर्षीय रविराज राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

असोज २४ गते शनिबार राति करिब १० बजे गाउँपालिकाको नम्बर प्लेट नभएको ‘अन टेस्ट’ एम्बुलेन्स पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड गरिएको थियो । घटनामा लगत्तै फरार भएका तीनै जनालाई प्रहरीले आइतबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरूलाई पक्राउ गरी आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ। असोज २६ गते सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न तिनै जना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै उनले आफूहरू मानवतावाद चाहेको बताए। तर, मानवतावादको आडमा त्यसविपरीत काम गर्नेहरू पनि थुप्रै रहेको बताए। 'हामी न्यायको बाटोमा हिंड्न चाहन्छौं। समाज शान्ति भएको देख्न चाहन्छौं। शान्तिका लागि र संगठित समाजका लागि जनताले प्रतिवाद गर्न सक्छन्। त्यसलाई ...
। आइतबार बुढीगण्डकी नदीमा आएको बाढीले त्यस क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी सबै पर्यटक सुरक्षित रहेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार पदमार्गमा भने क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा अड्किएका मानिसको उद्धारको काम नेपाल सरकारको सहयोगमा भइरहेको छ । चुम भ्याली पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ । सार्दीभिरमा रहेको क्यान्टिलिभर झोलुङ्गे पुल ...
। आइतबारको बुढीगण्डकी बाढीले एक दर्जन खानेपानी आयोजनामा क्षति पुगेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने विशालटार आरुघाट खानेपानी आयोजनामा क्षति पुगेको छ । यसले वडा नम्बर २ मा खानेपानी आपूर्ति प्रभावित भएको छ । सोही गाउँपालिकामा मन्पाङ खानेपानी आयोजनामा पनि क्षति पुगेको छ । जसले एक ...
: दशैं र तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरी लुम्बिनी प्रदेशका ६८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बसपार्क क्षेत्रबाट यात्रुहरुलाई गन्तव्यसम्म सुरक्षित यात्रा गराउने उद्देश्यले सहायता कक्षको स्थापना गरिएको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको अगुवाईमा जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयसहित विभिन्न ...
। नेकपा एमालेले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली महिला बिहे गरेर चीन जाने र अलपत्र पर्ने समस्या समाधानको उपाय खोजेको छ । शर्माको सुनुवाइ जारी छ । सांसदहरुले प्रश्न र सुझाव राखेका छन् । यसक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भनिन्, “बिहे गर्ने नाममा नेपाली चेली लैजाने, त्यसपछि चीनमा अलपत्र पर्ने कुरा छ ।’ यस ...