मुख्य समाचार
कांग्रेसलाई एकताबद्ध र गतिशील पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता
कांग्रेसलाई एकताबद्ध र गतिशील पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता

: नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, आम मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने बताएका हुन्। १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गरेका छन्। उनले आगामी राजनीतिक यात्रामा महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकका सल्लाह र सुझावलाई आत्मसात् गर्दै पार्टी निर्माणमा क्रियाशील रहने बताएका छन्।

पौडेलले १५औँ महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन्। आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिँदै विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमा समेत एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।




‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्। नेपाली कांग्रेसले विगतमा मुलुकका जटिल समस्याहरू समाधान गर्न खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै उनले वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नु आजको आवश्यकता रहेको बताएका छन्।

उनका अनुसार कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका र लोकतन्त्रको रक्षा गर्ने गतिशील, जनमुखी तथा भरोसायोग्य राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्नु अबको मुख्य प्राथमिकता हुनुपर्छ। पार्टीको ऐतिहासिक योगदानलाई सम्मान गर्दै वर्तमान समयका आवश्यकता र नागरिकका अपेक्षाअनुसार कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ। यसका लागि पार्टीभित्र एकता कायम गर्दै जनताका दैनिक समस्या, जीविकोपार्जन र लोकतान्त्रिक मूल्यको संरक्षणमा केन्द्रित हुनुपर्ने सन्देश उनले दिएका छन्।

महामन्त्री पौडेलले १५औँ महाधिवेशन सफल बनाउन अहोरात्र खटिने सबैप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिकै अनियन्त्रित भई सडकमा पल्टिएर आज बिहान दुर्घटनामा परेको हो । बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय सुनुवाइ भएको थियो । सो क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले नै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो । त्यसपछि सुस्तामा नेपाली पक्षले बनाउँदै गरेको ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...
। चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनसँगको १४ वटा सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालनका निम्ति पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अहिले शर्माको संसदीय सुनुवाइ जारी छ । कनेक्टिभिटी, पारवहन र सीमा सहयोग सम्बन्धमा प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, ‘१४ वटा परम्परागत सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालन र सुधार गर्न पहल गर्नेछु ।’ नेपाल–चीन पारवहन यातायात सम्झौताअन्तर्गत ...
: भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चलनाथ पाण्डेले भारतसँगको व्यापार असन्तुलन कम गर्न विद्युत् निर्यात नै मुख्य माध्यम बन्न सक्ने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा पाण्डेले सहज रुपमा विद्युत् आयात–निर्यात गर्न आफूले भूमिका खेल्ने बताएका हुन्। परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने उनको भनाइ ...