। नेकपा एमालेले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली महिला बिहे गरेर चीन जाने र अलपत्र पर्ने समस्या समाधानको उपाय खोजेको छ ।
शर्माको सुनुवाइ जारी छ । सांसदहरुले प्रश्न र सुझाव राखेका छन् ।
यसक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भनिन्, “बिहे गर्ने नाममा नेपाली चेली लैजाने, त्यसपछि चीनमा अलपत्र पर्ने कुरा छ ।’
यस विषयमा उनले प्रस्तावित राजदूत शर्मासँग जवाफ माग गरिन् ।
साथै उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको विषय उठाइन् । चीन सँगको नाका सञ्चालनको विषयमा पनि योजना माग गरिन् ।