मुख्य समाचार
दशैं र तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरी लुम्बिनी प्रदेशका ६८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
दशैं र तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरी लुम्बिनी प्रदेशका ६८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

: दशैं र तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरी लुम्बिनी प्रदेशका ६८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बसपार्क क्षेत्रबाट यात्रुहरुलाई गन्तव्यसम्म सुरक्षित यात्रा गराउने उद्देश्यले सहायता कक्षको स्थापना गरिएको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको अगुवाईमा जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयसहित विभिन्न सरोकारवाला निकायहरुले कक्ष स्थापनामा सहकार्य गरेका छन्।

लुम्बिनी प्रदेशका १२ जिल्लाका सबैजसो बसर्पाक क्षेत्रमा र बढी यात्रुहरुको चाप हुने स्थानमा सहायता कक्ष स्थापना गरेर यात्रुहरुलाई सेवा दिइरहेको प्रहरीले जनाएको छ। ‘ट्राफिक र जनपथ प्रहरी गरी कुल १ सय ७८ जना प्रहरीहरु सहायता कक्ष सञ्चालनका लागि खटिनुभएको छ’, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले भने, ‘दशैं तिहार र छठपर्व भरी बसपार्क भित्रबाटै हामीले सेवा दिन्छौं।’ बसपार्क क्षेत्रमा हुने यात्रुहरुका विभिन्न पिरमर्का, गुनासा र अप्ठ्याराहरुलाई सुनुवाई गरेर सम्वन्धित निकायसँग सहकार्य गरी समाधान खोजिने कार्यक्रमको लक्ष्य रहेको थापाको भनाई छ।




प्रदेशको हिमालपारीको जिल्ला पूर्वीरुकुममा सवैभन्दा कम दुई र रुपन्देहीमा सबैभन्दा बढी सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थापाले जानकारी दिए। सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, तोकिएको भन्दा बढी भाडा लिने र यात्रुमैत्री व्यवहार नगर्नेहरुको सहायता कक्षबाट विशेष निगरानी हुने प्रहरीले जनाएको छ।


लुम्बिनीकै सवैभन्दा ठूलो बसपार्क बुटवलमा सञ्चालन गरिएको सहायता कक्षमा पश्चिम नेपाल बस व्यवसायी, बुटवल यातायात प्रा.लि, सिद्धार्थ यातायात व्यवसायी प्रा.लि, श्रीनगर यातायात व्यवसायी प्रा.लि, गुल्मी जीप व्यवसायी प्रा.लि र देउराली यातायात अर्घाखाँची प्रा.लि.ले सहकार्य गरेका छन्। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हरेक वर्षका चाडपर्वमा यात्रुहरुलाई लक्षित गरी सहायता कक्ष संचालन हुने गरेका छन्। सहायता कक्षबाट बुटवल उपमहानगरपालिकाले समेत सहकार्य गरेको छ। उपमहानगरपालिकाले पढाईसँगै रोजगार कार्यक्रम अन्तर्गत बुटवलको ट्राफिक व्यवस्थापनका लागि नियूक्त गरेका स्वयमसेवक ट्राफिकहरुलाई समेत सहायता कक्षमा खटाएको छ । तीन चरणमा दैनिक ६ जनाले यहाँबाट सेवा दिनेछन्।

बुटवल कालिका क्याम्पसमा स्नातक तेस्रो वर्षमा पढ्दै गरेकी वालिङ नगरपालिका–४ स्याङ्जाकी पुष्पा डुम्रेले स्वयमसेवक ट्राफिक प्रहरी हुन्। एक हप्ताअघिदेखि नियूक्त भएकी २१ वर्षिय डुम्रेले आफ्नो पढाईसँगै ट्राफिक प्रहरीको भूमिका निर्वाह गरेकी छन्। यो उनका लागि नविन कार्य हो। ‘उपमहानगरपालिकाले माग गरेबमोजिम स्वयंसेवकका लागि आवेदन दिएकी थिए’,उनले भनिन्,‘धेरै साथीहरुका बीचमा छनौट भएपछि अहिले पढाईसँगै रोजगार भएकी छु।’ दैनिक चार घण्टा काम गरेवापत उपमहानगरपालिकाले ४ सय २८ रुपैयाँ पारिश्रमिक उपलव्ध गराउने गराउने जानकारी गराइन्। पुस मसान्तसम्म काम गर्नेगरी नियूक्त भएको डुम्रेको भनाई छ।

सर्वसाधरण यात्रुहरुलाई जेब्रा काट्ने तरिका, बाटो वारपार गर्ने, ट्राफिक लाइटको पालना र आकाशे पुलको प्रयोग गर्नेबारे जानकारी गराउने गरिएको अर्की स्वयमसेवक ट्राफिक प्रहरी धुर्कोट गाउँपालिका–१ गुल्मीकी अन्जली केसीले जानकारी गराइन्। स्नताक तेस्रो बर्षमा अध्ययनरत केसी पनि पहिलो पटक नयाँ अनुभव लिएर काम गर्न पाउँदा खुसी लागेको अनूभति सुनाईन्।

बुटवलबाट दशैं मनाउनका लागि गाउँ जानेहरुको अझै चाप लागेको छैन्। पहाडका ६ र तराईका ६ जिल्ला मिलेर बनेको लुम्विनी प्रदेशको प्रमुख बजार बुटवल हो। व्यापारिक केन्द्रको हबको रुपमा स्थापित बुटवलमा औषधी उपचार र सन्तानको शिक्षाका लागि यहाँ धेरै नागरिकहरु आउने गर्छन्। बहुसंख्यक नागरिक दशैं मनाउन पहाड जाने भएकाले बुटवल दशैं नजिकिएसँगै दिनप्रतिदिन सुनसान हुनेगर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिकै अनियन्त्रित भई सडकमा पल्टिएर आज बिहान दुर्घटनामा परेको हो । बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय सुनुवाइ भएको थियो । सो क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले नै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो । त्यसपछि सुस्तामा नेपाली पक्षले बनाउँदै गरेको ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...
। चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनसँगको १४ वटा सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालनका निम्ति पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अहिले शर्माको संसदीय सुनुवाइ जारी छ । कनेक्टिभिटी, पारवहन र सीमा सहयोग सम्बन्धमा प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, ‘१४ वटा परम्परागत सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालन र सुधार गर्न पहल गर्नेछु ।’ नेपाल–चीन पारवहन यातायात सम्झौताअन्तर्गत ...