मुख्य समाचार
लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम
लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम

: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक विवादले उसको सफलतामाथि उत्तिकै ठूलो प्रश्न खडा गरेको छ।

प्रिमियर लिगको आर्थिक नियम उल्लंघनसम्बन्धी ११४ आरोपमा दोषी ठहरिएपछि सिटीले खेलेको यो पहिलो खेल थियो।

सन् २००९–१० देखि २०१७–१८ सम्मको अवधिमा आर्थिक नियम उल्लंघन गरेको आरोपमा क्लब दोषी ठहरिएपछि त्यसको निर्णय र सम्भावित कारबाहीलाई लिएर फुटबल वृत्तमा बहस चर्किएको छ। सिटीले भने उक्त निर्णयविरुद्ध पुनरावेदन गरिसकेको छ। यस्तो परिस्थितिमा लिभरपुलको मैदान, एनफिल्डमा उत्रिएको सिटीले बाहिरी दबाबलाई मैदानको प्रदर्शनमा हावी हुन दिएन। घरेलु समर्थकको आक्रोश र प्रतिद्वन्द्वीप्रतिको असन्तुष्टिका बीच सिटीले खेलमा आफ्नो पकड जमायो। हालान्ड, डोकु र चेर्कीको गोलसँगै टोलीले स्पष्ट जित निकाल्यो। मैदानमा देखिएको यो प्रदर्शनले सिटीको उपाधि दाबेदारीलाई थप बलियो बनाएको छ।
मैदानको प्रदर्शन बलियो हुँदाहुँदै पनि सिटीको जितलाई सामान्य फुटबल नतिजाका रूपमा मात्रै हेर्न सकिने अवस्था छैन। लिभरपुलका समर्थकहरूका लागि सिटीसँगको प्रतिस्पर्धा केवल तीन अंकको लडाइँ होइन। सन् २०१३–१४, २०१८–१९ र २०२१–२२ सिजनमा उपाधि होडमा सिटीभन्दा पछि परेको लिभरपुलको समर्थक माझमा आर्थिक नियम उल्लंघनको विषयले पुरानो असन्तुष्टिलाई फेरि सतहमा ल्यायो। आर्थिक स्रोत र त्यसको प्रयोगले उपाधि प्रतिस्पर्धामा कस्तो प्रभाव पा¥यो, भन्ने प्रश्न उनीहरूको असन्तुष्टिको एउटा आधार हो।

एनफिल्डमा सिटीका समर्थकले पनि आफ्नो क्लबप्रति समर्थन र विश्वास प्रदर्शन गरे। उनीहरूले पहेँलो फुलाइने केराका आकृति देखाउनुका साथै ‘इन खाल्दुन वी ट्रस्ट’ लेखिएको झन्डा प्रदर्शन गरे। क्लबमाथि लागेको आरोप र त्यसपछि उत्पन्न दबाबका बीच समर्थकको यो व्यवहारलाई सिटीप्रतिको समर्थनको अभिव्यक्तिका रूपमा हेरिएको छ।

सिटीले पुनरावेदनमा आफूलाई निर्दोष साबित गर्ने विश्वास व्यक्त गरिरहेको छ। पुनरावेदनको सुनुवाइ नयाँ तीन सदस्यीय स्वतन्त्र आयोगले गर्नेछ। आयोगका सदस्यहरू कानुनसम्बन्धी विशेषज्ञ हुनेछन् र सुनुवाइ निजी रूपमा हुनेछ। प्रिमियर लिगको नियमअनुसार सुनुवाइ भएको १२ साताभित्र प्रक्रिया टुंग्याउने र त्यसको ३० दिनभित्र निर्णय सार्वजनिक गर्ने व्यवस्था छ। यद्यपि, आवश्यक ठानिएमा यो समयसीमा परिवर्तन हुन सक्ने भएकाले अन्तिम निर्णय कहिले आउँछ भन्ने अझै निश्चित छैन।

सिटीले पुनरावेदनमा मुख्य प्रायोजन सम्झौतासँग सम्बन्धित रकम क्लबका मालिकको निजी लगानीबाट नभई अबुधाबी सरकारसँग सम्बन्धित स्रोतबाट आएको दाबीको प्रतिवाद गर्ने अपेक्षा गरिएको छ। प्रिमियर लिगको आरोपअनुसार, अबुधाबी युनाइटेड ग्रुपसँग सम्बन्धित आर्थिक सहयोगले व्यावसायिक सम्झौताहरूको वास्तविक मूल्यलाई प्रभावित गरेको थियो। लिगको यस्तो व्यवस्थाले क्लबलाई आर्थिक नियम पालना गरेको देखाउन सहयोग पुगेको तर्क गरेको छ। सिटीले भने आरोपविरुद्ध आफ्नो कानुनी लडाइँ जारी राखेको छ।

यस विवादमा इतिहाद एयरवेजको नाम पनि चर्चामा आएको छ। अबुधाबीको सरकारी स्वामित्वमा रहेको उक्त विमान कम्पनीले आयोगको निष्कर्ष सार्वजनिक भएपछि आफ्नो प्रतिष्ठामा असर परेको भन्दै कानुनी कदम चाल्ने विषयमा विचार गरिरहेको जनाएको छ। कम्पनीले अनुचित व्यावसायिक सम्झौतामा संलग्न रहेको संकेतसमेत अस्वीकार गरेको छ। यद्यपि प्रायोजनसम्बन्धी विवादको अन्तिम निष्कर्ष पुनरावेदन प्रक्रियापछि मात्रै स्पष्ट हुनेछ।

सिटीको जितले तत्कालका लागि टोलीलाई अंकतालिकामा फाइदा पु¥याएको छ। तर आर्थिक विवादको अन्तिम निर्णय नआएसम्म प्रिमियर लिगको यो सिजनमा सिटीको सफलतालाई लिएर बहस जारी रहनेछ। पुनरावेदनमा निर्णय उल्टिने हो वा आरोपसम्बन्धी निष्कर्ष कायम रहने हो भन्ने विषयले क्लबको भविष्यसँगै लिगको प्रतिस्पर्धात्मक विश्वसनीयतामाथिको बहसलाई पनि प्रभावित गर्नेछ।

मैदानमा सिटीले आफ्नो उपाधि दाबेदारी प्रस्तुत गरिसकेको छ। अब मैदानबाहिरको कानुनी लडाइँले त्यसको दीर्घकालीन अर्थ कस्तो बनाउँछ भन्ने प्रश्न बाँकी छ। एनफिल्डमा प्राप्त ३–० को जित अंकतालिकाका लागि महत्त्वपूर्ण भए पनि सिटीको यो सिजनलाई अन्तिम रूपमा कसरी मूल्यांकन गरिनेछ भन्ने कुरा पुनरावेदनको नतिजाले पनि निर्धारण गर्नेछ।

सिटीको जित पछि सामाजिक सञ्जालमा भने टिकाटिप्पणी सुरु भएको छ। समााजिक सञ्जाल ‘एक्स’ मा सिटीले यसरी नै खेल जित्दै गएमा र यो सिजनको उपाधी जितेको खण्डमा प्रिमियर लिगको प्रतिष्ठा के रहला भनने चर्चा पनि चलेको छ। केहीले यो इङ्लिस फुटबलमा ‘खराब दिन’ को संज्ञापनि दिन भ्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...