मुख्य समाचार
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना

। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिकै अनियन्त्रित भई सडकमा पल्टिएर आज बिहान दुर्घटनामा परेको हो ।

बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका-५ का २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका-३ का ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका-८ का २९ वर्षीया निर्मला खड्का रहेका छन् ।

यसैगरी घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिका-३ का ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको गौरीगंगा नगरपालिका-१० का ३९ वर्षीय बसचालक इन्द्र विक र कैलालीको गोदावरी नगरपालिका-१ का ४६ वर्षीय सहचालक मोहन जोशी रहेका छन् ।

बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको एचआर३९जी २८७६ नम्बरको भारतीय ट्रकमा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार, थप मर्मतसम्भारका लागि गाडी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार, आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त मार्ग ...
। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोह आज सम्पन्न भएको छ । उक्त समारोहमा ७९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टकर) दीक्षित भएका छन् । दीक्षित समारोहमा प्रधानमन्त्री बालेन शाह समेत सहभागी भएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन ...
। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० ...
। नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्‍याइएको हो । नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले यो व्यवस्था मिलाएको छ । संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण ...
। प्रधानमन्त्री वालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो सर्तका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आइतबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा उनले सो कुरा बताएका हुन् । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन पनि दिए । पेशागत आचरण र अनुशासन कायम गर्दै ...