। राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् ।
उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तीनवटा मध्ये विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ भने यसअघि नै जारी भइसकेको थियो ।
बाँकी दुई अध्यादेश राष्ट्रपति पौडेलले मंगलबार जारी गरेका हुन् ।