मुख्य समाचार
भण्डारीले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
भण्डारीले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

: नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। मंगलबार उनले गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाका विभिन्न क्षेत्रको निरीक्षण गरेकी हुन्।

सडकमार्ग हुँदै नुवाकोट पुगेकी भण्डारीले विदुर नगरपालिकाका ढुङ्गे, त्रिशूली, गेर्खु, बेत्रावती, देवीघाट तथा बेलकोटगढी नगरपालिकाको काशीटारलगायतका स्थानहरूको निरीक्षण गरिन्। सो क्षेत्रका बाढी प्रभावितहरूलाई भेटेर उनले बाढीले पुर्‍याएको क्षति र पुनर्निर्माणबारे चासो व्यक्त गर्दै सरोकारवालाहरूसँग अन्तर्क्रियासमेत गरिन्।

भण्डारीले बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास अति जरुरी रहेको बताइन्। साथै, पीडितहरूको आवास निर्माण प्रक्रियाका लागि आफूले पनि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क ...
— मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको अटो दुर्घटनामा घाइते दम्पतीमध्ये एकको मृत्यु भएको छ । बुधबार दिउँसो बकैया–५ स्थित मदन भण्डारी लोकमार्गमा भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटोको बेक्र फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–५, भनौरका ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीय श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउापालिका–१ ...
: लुक्लामा लेक लागेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ। घुम्न गएका उनी बुधबार साँझ एक होटलको कोठामा अचेत अवस्थामा फेला परेका थिए। खान खान बोलाउन उनी सुतेको कोठामा जाँदा अचेत भेटिएका प्रहरीले जनाएको छ । लगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई केही बेरमा नै मृत घोषित गरेको थियो । उनी ६० ...
: काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्‍घन गर्ने ११५ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना,सीसीटीभीबाट पहिचान भएका, ५ जना र रातो बत्ती उल्लङ्‍घन गर्ने ४ जना ...
। अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परेका छन्। रामारोशन गाउँपालिका-५ घर भई वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र रोकाय मृत फेला परेका हुन् । उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिए । रोकाय एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरेर बसिरहेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम