मुख्य समाचार
प्रचण्ड रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी
प्रचण्ड रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो ।

बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क ...
— मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको अटो दुर्घटनामा घाइते दम्पतीमध्ये एकको मृत्यु भएको छ । बुधबार दिउँसो बकैया–५ स्थित मदन भण्डारी लोकमार्गमा भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटोको बेक्र फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–५, भनौरका ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीय श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउापालिका–१ ...
: लुक्लामा लेक लागेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ। घुम्न गएका उनी बुधबार साँझ एक होटलको कोठामा अचेत अवस्थामा फेला परेका थिए। खान खान बोलाउन उनी सुतेको कोठामा जाँदा अचेत भेटिएका प्रहरीले जनाएको छ । लगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई केही बेरमा नै मृत घोषित गरेको थियो । उनी ६० ...
: काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्‍घन गर्ने ११५ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना,सीसीटीभीबाट पहिचान भएका, ५ जना र रातो बत्ती उल्लङ्‍घन गर्ने ४ जना ...
। अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परेका छन्। रामारोशन गाउँपालिका-५ घर भई वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र रोकाय मृत फेला परेका हुन् । उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिए । रोकाय एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरेर बसिरहेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम