मुख्य समाचार
हिमतालमा पहिरो खस्दा बुढीगण्डकीमा बाढी आएको सरकारी टोलीको निष्कर्ष
हिमतालमा पहिरो खस्दा बुढीगण्डकीमा बाढी आएको सरकारी टोलीको निष्कर्ष

: हिमतालमा पहिरो खसेर गेग्रानसहित बग्दा बुढीगण्डकीमा बाढी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोलीले गरेको अध्ययनअनुसार, पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रानसहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रानसहितको बहाब आएको टोलीको निष्कर्ष छ।

अनुसन्धानमा संलग्न विज्ञका अनुसार ६ हजार मिटरभन्दा माथिबाट खसेको पहिरो करिब ५ हजार ५ सय मिटरमा रहेको हिमतालमा थुप्रिएर बाढी आएको थियो। टोलीका अनुसार बिहान करिब ४ बजेदेखि ४:३० बजेको बीचमा पहिरो खसेको अनुमान छ। सोही क्षेत्रमा बिहान ४:२२ बजे ३.५ रेक्टर स्केलको भूकम्पसमेत मापन भएको थियो।




प्राधिकरणका भूगर्भविद् प्रकाश पोख्रेलका अनुसार गेग्रान बिस्तारै स्यार खोलामा आएर थुप्रिँदा खोला थुनिने र खुल्ने क्रम चलेको थियो। यही प्रक्रियाका कारण पटक-पटक बाढी आएको उनले बताए।

‘गेग्रान विस्तारै स्यार खोलामा आएर खोला थुनेको छ। थुनिने र खोलिने प्रक्रिया चलिरहेकाले घरीघरी बाढी आएको हो,’ पोख्रेलले अन्नपूर्णसँग भने।

उनका अनुसार स्यार खोलाबाट बुढीगण्डकीमा मिसिएको गेग्रानसहितको बहाबले ठूलो बाढी ल्याएको हो। उक्त क्षेत्रमा अन्य धेरै साना खोला पनि रहेका छन्। पहिरो गएको स्थानमा पुग्न निकै जोखिम भएकाले सरकारी विज्ञ टोली करिब ४ हजार मिटर उचाइसम्म मात्रै पुगेको थियो। त्यसपछि ड्रोन उडाएर माथिल्लो क्षेत्रको अवस्थाबारे अध्ययन गरिएको थियो।

अत्याधिक कालो लेदोसहितको गेग्रान आउनुको कारण पहिरोको उद्गमस्थलमा कालो माटोसहितको चट्टान रहेको हुनसक्ने पोख्रेलले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयबाट विज्ञ टोलीमा सहभागी प्रदीप खतिवडाका अनुसार ठूलो मात्रामा गेग्रानसहितको बहाब तलको खोँचमा खस्दा त्यसको प्रभाव माथिल्लो डाँडासम्मै फैलिएको देखिएको छ।

उक्त क्षेत्रमा अझै केही मात्रामा पहिरो खसिरहेको देखिए पनि सानो परिमाणमा मात्रै खसेकाले त्यसबाट तटीय क्षेत्रमा जोखिम नहुने आकलन गरिएको खतिवडाले बताए। उनका अनुसार बुढीगण्डकीमा आएको बाढी माथिल्लो क्षेत्रमा रहेका अत्याधिक गहिरा हिमतालमा केही समय थुनिएर र रोकिएर तलतिर आएको देखिन्छ। यही कारण बाढी बस्तीमा पुग्न केही समय लागेको थियो।

घटनास्थल क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा सञ्चालनमा रहेकाले स्थानीयले एकअर्कालाई सूचना दिन सकेका थिए। यसले अन्य स्थानका मानिसलाई समेत सचेत गराउन र ज्यान जोगाउन आवश्यक समय मिलेको खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः ...
। रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ । पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए । यस्तो कुरामा मिति तोक्न सकिंदैन । ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। संघले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नुपरेको उनले बताए । ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ...