। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले विदेशबाट मतदानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
संसदीय सुनुवाइ समितिको आजको बैठकमा उनले त्यसका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् ।
‘आवश्यकता अनुसार विदेशमा मतदानका लागि सम्बन्धित निकायबीच समन्वय गरी योग्य मतदाताको दर्ता तथा प्रमाणीकरणका लागि सहजीकरण गर्नेछु,’ उनले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ ।
उनले अगाडि भनेकी छन्, ‘सम्बन्धित मुलुकको निर्वाचन कानुन तथा अभ्यास अध्ययन गरी पृष्ठपोषण दिनेछु । विदेशबाट मतदानका विधि र प्रविधिबारे सरोकारवालासँग परामर्श गर्नेछु ।’
अबको निर्वाचनमा बाह्य मतदान हुने विश्वास व्यक्त गर्दै उनले भनेकी छन्, ‘विदेशमा मतदानको पाइलट परीक्षण भएमा त्यसको कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोग र नेपाल सरकारसँग समन्वय गर्नेछु ।’