मुख्य समाचार
रसुवा, कालीगण्डकी, बूढीगण्डकी लगायतका बाढी पीडितहरूलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग
रसुवा, कालीगण्डकी, बूढीगण्डकी लगायतका बाढी पीडितहरूलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग

। विभिन्न अधिकारवादी संघसंस्थाहरूले रसुवा, कालीगण्डकी, बूढीगण्डकी लगायतका बाढी पीडितहरूलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग गरेका छन् ।

गत भदौ १० मा आएको रसुवा बाढीका कारण विस्थापित भएकाहरूलाई उचित वासस्थानको व्यवस्था नभएको भन्दै आधा दर्जन संघसंस्थाले मंगलबार संयुक्त विज्ञप्तीमार्फत् यस्तो माग गरेका हुन् ।

‘घर पूर्ण वा आंशिक रूपमा क्षति भएका तथा फर्केर त्यही ठाउँमा गएर बस्न नसक्ने अवस्थाका विस्थापित परिवारलाई सुरक्षित अस्थायी आवासको यथाशीघ्र व्यवस्था गर्दै उनीहरूको इच्छा, आवश्यकता र जोखिमलाई ध्यानमा राखी सुरक्षित तथा सम्मानजनक स्थायी आवासको मापदण्ड, समयसीमा र बजेटसहितको स्पष्ट योजना सार्वजनिक गरियोस्,’ उनीहरूले भनेका छन् ।

त्यस्तै, बाढीका कारण रोजगारी, व्यवसाय, कृषि, पशुपालन तथा अन्य आयआर्जनका माध्यम गुमाएका परिवारको जीविकोपार्जनका लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने उनीहरूको माग छ । बाढी प्रभावितको पहिचान गरी नगद सहायता, रोजगारी, उत्पादनका साधन, सीप तथा व्यवसाय पुनर्स्थापना लगायत स्थानीय आवश्यकता अनुकूलका कार्यक्रम सञ्चालन गर्न र अन्तरिम राहतमा निर्भर रहने अवस्थाबाट आत्मनिर्भर बन्ने बाटोतर्फ डोर्याउने गरी उपायहरू अवलम्बन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु तथा बेपत्ता, गम्भीर चोटपटक, घर तथा सम्पत्ति क्षति, कृषियोग्य जमिनको क्षति, पशुधनको क्षति, परिवारको विस्थापन, जीविकोपार्जनको क्षति, घाइते तथा स्वास्थ्य उपचार आवश्यक भएका व्यक्ति, संरक्षणको खाँचो भएका अपाङ्गता भएका व्यक्ति, सहारा गुमाएका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती तथा सुत्केरी महिला, अभिभावक गुमाएका बालबालिका लगायतका प्रभावित व्यक्ति तथा परिवार र उनीहरूले भोगेको हानि तथा नोक्सानीको विश्वसनीय र अद्यावधिक लगत तयार गरी सार्वजनिक गर्न समेत ती संघसंस्थाहरूले माग गरेका छन् ।

विज्ञप्ति जारी गर्नेहरूमा जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजा, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, न्याय तथा अधिकार संस्था (जुरी नेपाल)का अध्यक्ष तनुजा बस्नेत, नेपाल महिला एकता समाजकी कार्यकारी निर्देशक भगवती अधिकारी र राष्ट्रिय भूमि अधिकार मञ्चकी अध्यक्ष ल्यामबहादुर दर्जी छन् ।

लैङ्गिक हिंसाबाट संरक्षण, शिक्षा र स्वास्थ्यलाई पुनर्स्थापनाको प्राथमिकतामा राख्नुपर्ने, सबैभन्दा जोखिममा रहेका नागरिकका लागि विशेष सामाजिक संरक्षणको व्यवस्था गर्नुपर्ने, पुनर्स्थापना र पुनर्निर्माण प्रभावित नागरिकको अर्थपूर्ण सहभागिता र आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधार गर्नुपर्नेमा उनीहरूको जोड छ ।

राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० को बाढीबाट रसुवा, धादिङ, नुवाकोट, गोर्खा र चितवनमा गरी ३२ हजार ९६३ जना प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः ...
। रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ । पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए । यस्तो कुरामा मिति तोक्न सकिंदैन । ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। संघले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नुपरेको उनले बताए । ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ...