मुख्य समाचार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी गरिएको जनाएको छ।

मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीमा बेपत्ता भएकाको सन्दर्भमा ‘मृत्यु’ वा ‘मृत्युसरह’ मान्ने गरी ऐनमा संशोधन भइसकेको जानकारी दिए। स्वदेशी र विदेशी नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारीमा सरकार लागेको र यसको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए।

डीएनए परीक्षणको नजिता आउनेबित्तिकै प्रमाणीकरणको प्रक्रिया अझ सजिलो हुने र त्यो पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ। उनले अहिले पनि राहत र उद्धारको सन्दर्भमा कामहरू भइरहेको र बाँकी अन्य कामका सन्दर्भमा निरन्तर काम जारी राखिएको उल्लेख गरे। पुनर्निर्माणको ट्रान्जिस्टल सेटरहरू बनाउने र त्यसलाई छिटोभन्दा छिटो अगाडि बढाउने कामको जिम्मेवारी पूर्वाधार मन्त्रालयले लिएर काम गरिरहेको उहाको भनाइ छ । मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत जिल्लामा मनसुनको अन्तिममा आएको बाढीले गरेको सडकको क्षति र अन्य भौतिक संरचनाको क्षतिको लागि ’सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेर काम थालिसकिएको उनले बताए।

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्म कुमार मैनालीले पुनर्निर्माणअन्तर्गत हाल ट्रान्जिस्टेन्टल सेटरका लागि भूमि व्यवस्था मन्त्रालयमार्फत ३०० वटा स्थानमा जग्गाहरू पहिचान गरिएको जानकारी दिए। दसैँ अगाडि नै १०० वटा जति उच्च गुणस्तरका टेन्टहरू ट्रान्जिस्टेन्टल सेटरको रूपमा स्थापना गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। उनले लाभग्राही छनोट स्थानीय तहले गर्ने भएकाले अझै समन्वय हुन बाँकी रहेको रहेको बताए।

भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्ण प्रसाद पौडेलले तथ्य र तथ्याङ्का आधारमा प्रतिवेदन तयार गरेर राष्ट्रियसभा बैठकमा पेस गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत अवस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा ...
। दसैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर र कुखुरा लगायत पशुपन्छी भित्रिने क्रम तीव्र बनेको छ । दसैंमा मासु खपत अत्यधिक हुने भएकाले राजधानी भित्रिएका पशुपन्छीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने चासो उपभोक्तामा सधैं रहने गर्छ । यही संवेदनशीलता मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा पशुपन्छीको स्वास्थ्य परीक्षणलाई तीव्रता ...
। गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव ...
। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन् । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् । उनले विशेषगरी ...
: अर्घाखाँची जिल्लालाई बालमैत्री जिल्ला बनाउने उद्देश्यसहित जिल्लाका स्थानीय तहहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाको हक, अधिकार, संरक्षण, विकास र सहभागिता सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासनका निर्धारित ५१ वटा सूचक पूरा गर्ने लक्ष्यका साथ स्थानीय तह तथा सरोकारवाला निकायहरूले साझा प्रतिबद्धता जनाएका हुन्। जिल्लाका नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ...