मुख्य समाचार
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताए
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताए

: लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताएका छन्।

उनले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विकास निर्माणका काम पारदर्शी र गुणस्तरीय ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ का योजना तथा कार्यक्रमसम्बन्धी स्थानीय तहस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन्।

सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँची जिल्लाका विभिन्न स्थानीय तहमा रहेका विद्यालयका भवन निर्माण, भौतिक पूर्वाधार सुधार तथा अन्य शैक्षिक विकासका क्षेत्रमा काम गर्दै आएको छ। कार्यालयमार्फत सञ्चालन भइरहेका योजना, बजेट तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे स्थानीय तहका प्रतिनिधिहरूलाई जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सामाजिक विकास डिभिजन कपिलवस्तुका प्रमुख लक्ष्मण ज्ञवालीले बताएका छन्।




कार्यक्रममा अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख जीमनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिराम मरासिनी, शिक्षा समन्वय इकाई प्रमुख विष्णु बेल्वासे, सामाजिक विकास डिभिजन कार्यालय तौलिहवा, कपिलवस्तुका प्रमुख लक्ष्मण प्रसाद ज्ञवाली, इन्जिनियर तीर्थ क्षेत्री लगायतले मन्तव्य राख्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता ...
। बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत अवस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा ...
। दसैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर र कुखुरा लगायत पशुपन्छी भित्रिने क्रम तीव्र बनेको छ । दसैंमा मासु खपत अत्यधिक हुने भएकाले राजधानी भित्रिएका पशुपन्छीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने चासो उपभोक्तामा सधैं रहने गर्छ । यही संवेदनशीलता मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा पशुपन्छीको स्वास्थ्य परीक्षणलाई तीव्रता ...
। गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव ...
। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन् । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् । उनले विशेषगरी ...