: रुपन्देहीमा अटो र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
रोहिणी गाउँपालिका–०३, टुलटेलसस्थित हुलाकी सडक–खण्डमा भएको दुर्घटनामा मोटसाइकल पछाडी सवार सरावल गाउँपालिका–०५ की ४६ वर्षीया रितादेवी कहारको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
यस्तै, दुर्घटनामा परी घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय शिवकुमार कहार रहेका छन्। भैरहवाबाट धकधईतर्फ जाँदै गरेको लु. प्र. ०१–००१ ह २६०० नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको लु. प्र. ०१–००६ प ९३०२ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो।