मुख्य समाचार
धारिलो हतियार(खुँडा) प्रहारबाट एक ७५ वर्षीय वृद्धको मृत्यु
धारिलो हतियार(खुँडा) प्रहारबाट एक ७५ वर्षीय वृद्धको मृत्यु

। मुगुमा धारिलो हतियार(खुँडा) प्रहारबाट एक ७५ वर्षीय वृद्धको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका ३२ वर्षीय अजवीर कामीले सोही ठाउँका ७५ वर्षीय धनवीर कामीमाथि धारिलो खुँडा प्रहार गर्दा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सोमबार बिहान भएको घटनामा गम्भीर घाइते भएका धनवीरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका अजवीरको खोजीका ३५ जनाको प्रहरी टोली परिचालन भएर छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलबाट पक्राउ गरेको छ । उनी खुँडासहित भागिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार मृतक र आरोपितबीच यसअघि कुनै झैझगडा वा रिसइबी नरहेको छिमेकी तथा आफन्तले बताएका छन् ।

आरोपितको पछिल्लो पाँच–सात दिनदेखि मानसिक सन्तुलन बिग्रिएको भन्ने जानकारीसमेत प्राप्त भएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाको वास्तविक कारण र अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

मृतकको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता ...
। बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत अवस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा ...
। दसैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर र कुखुरा लगायत पशुपन्छी भित्रिने क्रम तीव्र बनेको छ । दसैंमा मासु खपत अत्यधिक हुने भएकाले राजधानी भित्रिएका पशुपन्छीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने चासो उपभोक्तामा सधैं रहने गर्छ । यही संवेदनशीलता मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा पशुपन्छीको स्वास्थ्य परीक्षणलाई तीव्रता ...
। गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव ...
। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन् । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् । उनले विशेषगरी ...