मुख्य समाचार
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४ सय ५८ जनाको शव फेला
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४ सय ५८ जनाको शव फेला

: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५६ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म १ हजार ३ सय ३६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि शवका १ हजार ३ सय ३७ वटा र आफन्तका २ हजार ९० गरी कुल ३ हजार ४ सय २७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । जसमध्ये १ हजार ३ सय १२ वटा शवहरूको र २ हजार ८१ आफन्तहरूको गरी कुल ३ हजार ३ सय ९३ वटा डिएनए नमुना प्रोफाइलिङ गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय ३३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ९ सय ९५ जना व्यक्तिहरूलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा नेता पुनले जति गम्भीर रुपमा उजुरी आएको छ त्यसको गम्भीरतालाई ख्याल गर्दै छाडिदिन सुझाएका हुन् । ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्विट गरिदिनुस्,’ पुनले भने । जवाफमा प्रस्तावित राजदूत सुनारले आफूसँग समेत प्रमाण ...
। दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल ...
: परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि दक्षिण कोरियाको राजदूत नियुक्त भएकोमा बधाइ दिएका थिए। परराष्ट्रमन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालयको तर्फबाट पूर्ण ...
। यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ । पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि ...
: नुवाकोटको पिपलटारमा बाढीपीडितहरूका लागि अस्थायी आवास निर्माण गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोग र सक्रियतामा बाढीपीडितहरूका लागि विदुर नगरपालिका-५ पिपलटार ठूलोगाउँमा आवास निर्माण गरिएको हो। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक कार्यक्रमका बीच नवनिर्मित आवास हस्तान्तरण गरे। उनले सरकारले बाढीले घरबारविहीन भएकाहरुरू पुर्नवासका लागि ढिलाइ गरिरहेको बताए। अध्यक्ष ओलीले ...