। नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् ।
संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा नेता पुनले जति गम्भीर रुपमा उजुरी आएको छ त्यसको गम्भीरतालाई ख्याल गर्दै छाडिदिन सुझाएका हुन् ।
‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्विट गरिदिनुस्,’ पुनले भने ।
जवाफमा प्रस्तावित राजदूत सुनारले आफूसँग समेत प्रमाण रहेको र एकोहोरो कुरा सुनेर थप आरोप लगाउन नहुने बताए ।