मुख्य समाचार
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूले महिला हिंसा नगरेको दाबी
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूले महिला हिंसा नगरेको दाबी

। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूले महिला हिंसा नगरेको दाबी गरेका छन्। संसदीय सुनुवाइ समितिमा परेको उजुरीको विषयमा जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन्।

सांसद मधुकुमार चौलागाईंले प्रश्न सोधेका थिए- घरेलु हिंसाका कारण ललितपुर प्रहरी कार्यालयमा पुगेर मिलापत्र गर्नुभएको हो ?

जवाफमा उनले भने- म आफैँ महिलाहिंसाविरुद्धको अभियान्ता हो। महिलाले नो भनेपछि नो भन्ने मान्छे म। यसबारे आर्टिकलहरू लेखेको मान्छे म। शौचालय बन्दा जेन्डर ख्याल गर्नुपर्छ भनेर आर्टिकल लेखेको छु। म दलितका विषयमा पनि लेखिरहने मान्छे हो। १३ वर्षअघिको कुरा। मिलेको कुरालाई आजको दिनमा मिलेको कुरालाई आज निकाल्नु के नियत हो ? हामीबीच प्रेम थियो उहाँ विदेश जानुभयो। हामीबीच लेनदेन थियो- पैसा हैन। उहाँ महिला फौजदारी मुद्दा लागेको महिला हुनुहुन्छ। मविरुद्ध कतै पनि मुद्दा लागेको छैन। अहिलेसम्म मविरुद्ध वारेन्ट जारी भएको छैन। फोनमा भनाभन भएको हो। यसैलाई महिला हिंसा भनिन्छ भने मेरो भन्नु केही छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संसदीय सुनुवाइ समितिले भारत र चीनसहित १० देशका राजदूतहरूको नाम अनुमोदन गरेको छ। बुधबार बसेको सुनुवाइ समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेको नाम अनुमोदन गरेको हो। त्यस्तै सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा, जर्मनीका ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार गठन भएको ६ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा सिँचाइ सुविधा विस्तार, विद्युत् प्रसारण लाइन तथा सबस्टेसन निर्माण, जलविद्युत् आयोजना अनुमतिपत्र, नवीकरणीय ऊर्जा प्रवर्द्धन र बाढी पूर्वसूचना प्रणाली सुधारलाई प्राथमिकतामा राखिएका छन् । सरकार गठन भएयता ...
। जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ । सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप प्रक्रिया ‘होल्ड’ गरेको हो । कार्ययोजना प्रस्तुतिपछि प्रस्तावित राजदूत थापाको पीआर, उनकी श्रीमतीको पनि पीआर रहेको विषयमा सांसदहरूले प्रश्न गरे । जवाफमा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिए । सो क्रममा उनले ...
। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको संसदीय सुनुवाइ भएको छ । बुधबार भएको संसदीय सुनुवाइमा सांसदहरूले पहिला झाको प्रस्तुति सुनेका थिए । त्यसपछि सांसदहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियताको योजनाबारे प्रमुखताका साथ प्रश्न गरेका थिए । रास्वपा सांसद मधुकुमार चौलागाईंले सोधे, ‘सार्क पुनर्जीवित गर्ने र बिमस्टेकलाई नेपालको हितमा प्रयोग गर्ने ठोस ...
। सङ्गठित अपराधको मुद्दा खेपेकाहरूलाई पनि मिलापत्रबाट मुद्दा टुङ्ग्याउने बाटो खुलेको छ। महान्यायाधिवक्ता कार्यालयले सङ्गठित अपराधसँगै अर्को आरोप पुष्टि भएको अवस्थामा समेत मुद्दामा मिलापत्र गर्न सकिने भनी मातहतका कार्यालयमा परिपत्र गरेको हो। महान्यायाधिवक्ता कार्यालयका अनुसार, मिलापत्र हुने अर्को कसुर स्थापित भएको तर मुद्दा हेरेको अदालतले सङ्गठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा मिलापत्र गर्न सकिनेछ। महान्यायाधिवक्ता कार्यालयले ...