मुख्य समाचार
संसदीय सुनुवाइ समितिले भारत र चीनसहित १० देशका राजदूतहरूको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले भारत र चीनसहित १० देशका राजदूतहरूको नाम अनुमोदन

: संसदीय सुनुवाइ समितिले भारत र चीनसहित १० देशका राजदूतहरूको नाम अनुमोदन गरेको छ। बुधबार बसेको सुनुवाइ समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेको नाम अनुमोदन गरेको हो।

त्यस्तै सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा, जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशी र इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्णको नाम अनुमोदन गरेको हो।

त्यस्तै बैठकले ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, कोरियाका लागि प्रस्तावित राजदूत प्रा डा संगम श्रेष्ठ, स्पेनका लागि प्रस्तावित राजदूत प्राप्‍ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा मंचला कुमारी झाको नाम अनुमोदन गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार गठन भएको ६ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा सिँचाइ सुविधा विस्तार, विद्युत् प्रसारण लाइन तथा सबस्टेसन निर्माण, जलविद्युत् आयोजना अनुमतिपत्र, नवीकरणीय ऊर्जा प्रवर्द्धन र बाढी पूर्वसूचना प्रणाली सुधारलाई प्राथमिकतामा राखिएका छन् । सरकार गठन भएयता ...
। जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ । सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप प्रक्रिया ‘होल्ड’ गरेको हो । कार्ययोजना प्रस्तुतिपछि प्रस्तावित राजदूत थापाको पीआर, उनकी श्रीमतीको पनि पीआर रहेको विषयमा सांसदहरूले प्रश्न गरे । जवाफमा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिए । सो क्रममा उनले ...
। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको संसदीय सुनुवाइ भएको छ । बुधबार भएको संसदीय सुनुवाइमा सांसदहरूले पहिला झाको प्रस्तुति सुनेका थिए । त्यसपछि सांसदहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियताको योजनाबारे प्रमुखताका साथ प्रश्न गरेका थिए । रास्वपा सांसद मधुकुमार चौलागाईंले सोधे, ‘सार्क पुनर्जीवित गर्ने र बिमस्टेकलाई नेपालको हितमा प्रयोग गर्ने ठोस ...
। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूले महिला हिंसा नगरेको दाबी गरेका छन्। संसदीय सुनुवाइ समितिमा परेको उजुरीको विषयमा जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन्। सांसद मधुकुमार चौलागाईंले प्रश्न सोधेका थिए- घरेलु हिंसाका कारण ललितपुर प्रहरी कार्यालयमा पुगेर मिलापत्र गर्नुभएको हो ? जवाफमा उनले भने- म आफैँ महिलाहिंसाविरुद्धको अभियान्ता हो। महिलाले नो भनेपछि नो भन्ने ...
। सङ्गठित अपराधको मुद्दा खेपेकाहरूलाई पनि मिलापत्रबाट मुद्दा टुङ्ग्याउने बाटो खुलेको छ। महान्यायाधिवक्ता कार्यालयले सङ्गठित अपराधसँगै अर्को आरोप पुष्टि भएको अवस्थामा समेत मुद्दामा मिलापत्र गर्न सकिने भनी मातहतका कार्यालयमा परिपत्र गरेको हो। महान्यायाधिवक्ता कार्यालयका अनुसार, मिलापत्र हुने अर्को कसुर स्थापित भएको तर मुद्दा हेरेको अदालतले सङ्गठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा मिलापत्र गर्न सकिनेछ। महान्यायाधिवक्ता कार्यालयले ...