। डोल्पामा अवैध जडीबुटीसहित एक जनालाई पक्राउ परेका छन् ।
काइके गाउँपालिका–१ लैनीको जङ्गलमा अवैध रूपमा जडीबुटी सङ्कलन गरी लुकाएर राखेको विशेष सूचनाका आधारमा प्रहरीले १ हजार २२५ किलो जटामसीसहित ती व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काइके–१ खानीका २४ वर्षीय अर्जुन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
प्रहरी टोलीले ४९ बोरामा राखिएको अवस्थामा कुल १ हजार २२५ किलोग्राम जटामसी बरामद गरेको जनाएको छ ।
पक्राउ परेका बुढाथोकीलाई कानुनबमोजिम थप अनुसन्धान गरी कारबाही गर्न डिभिजन वन कार्यालय डोल्पा पठाइएको प्रहरीले जनाएको छ ।