मुख्य समाचार
अर्काको नाममा झुट्टा उजुरी दिने दिपक पुनलाई अख्तियारले तिरायो जरिवाना
अर्काको नाममा झुट्टा उजुरी दिने दिपक पुनलाई अख्तियारले तिरायो जरिवाना

: अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दिपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ निवासी पुन मगरले एबी राई ढआङबाबु राई) को नामबाट नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा रहेको बताउने व्यक्तिविरुद्ध उजुरी दिएका थिए।

सहकारीबाट लिएको ऋणको भुक्तानी माग्दा आफू डीआईजी भएको र उजुरी मिलाइदिने भन्दै ४० लाख रुपैयाँमध्ये १५ लाख रुपैयाँ नगद र कान्छी श्रीमतीको नाममा थप चेक लिएको र धम्की दिँदै रकम माग गरिरहेको आरोप उजुरीमा थियो।


सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा एबी राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षर पनि आफ्नो नभएको दावी गर्दै सनाखत गरेका थिए।

आयोगका अनुसार दिपक पुन मगरले अनुसन्धानकै क्रममा २०८३ असार १७ गते आयोगसमक्ष बयान दिने क्रममा उक्त उजुरी आफूले नै एबी राईको नामबाट दिएको स्वीकार गरेका थिए।

अनुसन्धानका क्रममा दिपक पुन मगर र आङबाबु राई दुवैले त्यस्तो घटना नभएको, आफूलाई कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकम नमागिएको बयान दिएको आयोगले जनाएको छ।

आयोगले आङबाबु राईको नाम र हस्ताक्षर प्रयोग गरी उनलाई दुःख तथा हैरानी दिने बदनियतले झुट्टा उजुरी दिएको तथ्य पुष्टि भएको ठहर गर्दै मगरलाई भ्रष्टाचार निवारण ऐन,२०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम २ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को बर्खे अधिवेशन कानुन निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौंमा आफ्नो संसदीय रिपोर्टकार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोपमा संसद् केन्द्रित हुँदा जनसरोकारका विषय र कानूनी बहस कमजोर बनेको बताइन् । अधिवेशनभर सरकारले संसद्सँग आवश्यक समन्वय नगरेको आरोपसमेत ...
:भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासीबाट करिब १५ लाख बराबरको मदिरा बरामद भएको छ । सीमावर्ती नाका सुस्ता गाउँपालिका-५ स्थित महलबारीबाट ओेल्ड मङ्क नाम गरेका ७४२ बोत्तल रम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । ७५० एमएलका उक्त रमको प्रति बोत्तल २ हजारका दरले कूल १४ लाख ८४ ...
। रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका क्रममा उनले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाफ पेस गरेको अनुशासन आयोगको उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए । सुनारले आयोगलाई दिएको प्रतिक्रियामा उल्लेखित विषयहरूबारे भट्टराई बोल्न चाहेनन् । सुनारको प्रतिक्रिया आउनु अनुसन्धानको पहिलो चरण भएको आयोगले ...
: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्। थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो । सो भेटवार्तामा अर्थमन्त्री वाग्लेले ...
। लागुऔषध लिएर आफन्त भेट्न मोरङ जिल्ला कारागार पुगेका दिदीबहिनी पक्राउ परेका छन् । आफन्त भेट्न कारागारमा पुगेका बेला सशस्त्र प्रहरीले सुरक्षा जाँचका क्रममा भित्री वस्त्र प्याडमा लागुऔषध भेटेपछि पक्रा गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने मेलिना तामाङ र पूर्णिमा तामाङ छन् । ...