मुख्य समाचार
नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता
नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता

। नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १ पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन् ।

उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरेर छोरी प्रसिद्धीलाई उद्धार गर्न सफल भए पनि आमा र छोरा भने नदीमा नै बेपत्ता छन्। बेपत्ता सिर्जना र उनका छोरा प्रसिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो। रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तामा मोटरसाइकलको ठक्करबाट सुलेना ...
: विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा हालै भएको क्षति र आगामी दिनमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ। संघीय संसद्अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्दैछ। समितिको बैठकमा ‘विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने ...
। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्यसम्पादन तथा पूर्वस्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो । पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) ले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को बर्खे अधिवेशन कानुन निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौंमा आफ्नो संसदीय रिपोर्टकार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोपमा संसद् केन्द्रित हुँदा जनसरोकारका विषय र कानूनी बहस कमजोर बनेको बताइन् । अधिवेशनभर सरकारले संसद्सँग आवश्यक समन्वय नगरेको आरोपसमेत ...
:भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासीबाट करिब १५ लाख बराबरको मदिरा बरामद भएको छ । सीमावर्ती नाका सुस्ता गाउँपालिका-५ स्थित महलबारीबाट ओेल्ड मङ्क नाम गरेका ७४२ बोत्तल रम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । ७५० एमएलका उक्त रमको प्रति बोत्तल २ हजारका दरले कूल १४ लाख ८४ ...