मुख्य समाचार
नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह
नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह

: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।

थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो ।

सो भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपद्पश्चातको पुनरुत्थान,जलवायु-उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेका हुन्।

विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न आपतकालीन अनुदानको छिटो स्वीकृति र हार्दिक ऐक्यबद्धताका लागि मन्त्री वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरे।

अर्थमन्त्री वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए। छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा.घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताए । तर, यसलाई असफलता वा ...
। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार आवास निर्माणका लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो । सम्झौताअनुसार घर गुमाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा ...
। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो मुख्य उद्देश्य जनताको ...
: मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो। रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तामा मोटरसाइकलको ठक्करबाट सुलेना ...
: विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा हालै भएको क्षति र आगामी दिनमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ। संघीय संसद्अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्दैछ। समितिको बैठकमा ‘विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने ...