मुख्य समाचार
नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने
नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने

। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार आवास निर्माणका लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो ।

सम्झौताअनुसार घर गुमाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको भण्डारीले बताए ।

‘बाढीबाट प्रभावित परिवारलाई लक्षित गरेर एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने गरी मन्त्रालयसँग सम्झौता गरेका छौँ,’ उनले भने, ‘घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ ।’

भण्डारीका अनुसार दशैँलगत्तै कार्ययोजना तयार गरिनेछ । सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास र स्थायी घर निर्माणको काम अघि बढाइने उनले बताए ।

‘यो सहमति तत्काल कार्यान्वयनमा जानेछ । दशैँलगत्तै कार्ययोजना बनाएर सरकारले आवश्यक जग्गा उपलब्ध गराउनासाथ आवास निर्माण अघि बढाउँछौँ,’ उनले भने ।

सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्नेछ । बाढीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोबास, स्थायी आवास निर्माण र भाडा सहायतामार्फत राहत उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सम्झौतामा भवन विभाग र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताए । तर, यसलाई असफलता वा ...
। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो मुख्य उद्देश्य जनताको ...
: मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो। रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तामा मोटरसाइकलको ठक्करबाट सुलेना ...
: विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा हालै भएको क्षति र आगामी दिनमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ। संघीय संसद्अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्दैछ। समितिको बैठकमा ‘विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने ...
। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्यसम्पादन तथा पूर्वस्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो । पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) ले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, ...