मुख्य समाचार
भिजिट भिसा लिएर यूएई गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने
भिजिट भिसा लिएर यूएई गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने

: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ।

गत वर्षको ‘जेन–जी’ आन्दोलनपछि नेपालीहरूले यूएई जानका लागि प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट लिनुपर्ने अनिवार्य नियम यूएई सरकारले लगाएको थियो। प्रहरी रिपोर्ट प्रमाणीकरणसमेत गर्नुपर्ने हुन्थ्यो। अबदेखि भने भिजिट भिसामा यूएई घुम्न जाने नेपालीले प्रहरी रिपोर्ट बुझाउन नपर्ने भएको छ। कामदार भिसामा जाने नेपालीले मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण गरेर बुझाउनुपर्ने नियम कायम छ।

युवा तथा श्रम रोजगार मन्त्रालयका अनुसार सरकारले नेपालीहरू कामदारको रूपमा जाने विभिन्न देशमा देखिएका समस्या समाधान गर्न कूटनीतिक पहल गरिरहेको छ। भिजिट भिसामा गएर वर्किङ भिसामा परिवर्तन गर्न नपाइने यूएई सरकारको नयाँ नियम आधिकारिक रूपमा सार्वजनिक भइसकेको छैन, तर केही समयमै यो नियम लागू हुने बताइएको छ।

प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्क ५० प्रतिशतले घट्यो
यूएई जानका लागि आवश्यक पर्ने प्रहरी रिपोर्ट प्रमाणीकरणको शुल्क ५० प्रतिशतले घटेको छ। गत सोमबारदेखि लागू हुने गरी यूएई सरकारले प्रहरी रिपोर्ट प्रमाणीकरणबापत लिँदै आएको ३५४ दिराम शुल्क घटाएर १७२ दिराम कायम गरेको हो।

मन्त्रालयकी प्रवक्ता मीरा आचार्यका अनुसार कामदार भिसाका लागि आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणीकरण शुल्क आधाले घटाइएको सूचना प्राप्त भएको छ। प्रहरी रिपोर्ट प्रमाणीकरण गर्ने सिस्टममा नै सोमबारदेखि लागू हुने गरी १७२ दिराम मात्रै शुल्क बुझाउनुपर्ने देखिएको छ। ‘यो रकम पनि निःशुल्क हुनुपर्ने गरी मन्त्रालयले पहल गरिरहेको छ,’ उनले भनिन्, ‘प्रहरी रिपोर्ट प्रमाणीकरणका नाममा बुझाउनुपर्ने रकमको आर्थिक भार सीधै कामदारमा पर्ने भएकाले यो पूर्ण रूपमा हटाउन कूटनीतिक पहल गरिरहेका छौं।’ अन्य देशमा देखिएका समस्या समाधानका लागि पनि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल अघि बढाएको छ। प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्क हटाउने विषयमा यूएई सरकार सकारात्मक रहेको उनले बताइन्।

जेन–जी आन्दोलनपछिको परिस्थितिमा नेपाली नागरिकका लागि यूएई भिसा पाउन प्रहरी रिपोर्ट अनिवार्य गरिएको थियो। प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने व्यवस्था झन्झटिलो र खर्चिलो भएको भन्दै कूटनीतिक तवरबाट यो व्यवस्था हटाउन लामो समयदेखि नेपाली दूतावास र मन्त्रालयले प्रयास गरिरहेको थियो। भिजिट भिसामा यूएई आउने नेपाली नागरिकका हकमा प्रहरी प्रतिवेदनको अनिवार्य व्यवस्था हटेको छ। हाल यूएईको आबुधाबीस्थित अध्यागमनमार्फत मात्र नेपाली नागरिकका लागि भिजिट भिसा जारी भइरहेको छ।

प्रहरी प्रतिवेदनबिनै भिजिट भिसामा यूएई जान सकिने व्यवस्था भए पनि उक्त भिसालाई कामदार भिसामा परिवर्तन गर्न भने पाइने छैन। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले नेपाली कामदारले प्रहरी रिपोर्ट प्रमाणीकरणका नाममा बुझाउँदै आएको शुल्क घट्नु सकारात्मक कदम भएको बताएका छन्। ‘निम्नवर्गीय कामदारमाथि आर्थिक भार पार्ने शुल्क पूर्णरूपमा हटाइनुपर्छ,’ उनले भने। यूएई सरकारले ल्याउन लागेको नयाँ नियमले भिजिट भिसामा दुबई लगेर अलपत्र पार्ने गिरोहको धन्दा समाप्त हुने उनले बताए।

घुम्ने उद्देश्यले जानेले सोहीअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने बताउँदै उनले घुम्ने भिसामा गएर काम खोज्दा धेरै नेपालीले दुःख पाएको, काम नपाएको र वैदेशिक रोजगारीका नाममा ठगिने तथा तस्कर र बिचौलियाहरूको चलखेल बढेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...