मुख्य समाचार
पीएसजीले युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित
पीएसजीले युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित

— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित गरेको छ । ब्राडली बारकोलाको ह्याट्रिक सहित डेब्यु गोलमा लिभरपुलले अस्ट्रियाको एलएएसकेलाई ६–३ ले हराएको छ ।

अन्य प्रमुख खेलमा रियल म्याड्रिडले एएस रोमामाथि ४–३ र एस्टन भिल्लाले फेनाबाचेमाथि ६–० को जित निकाल्यो । इतिहाडमा सुरुआती आधा घण्टाभित्र डेसिएर डोउ, ओसमन डेम्बेले र भिटिन्हाले गोल गरेपछि खेल पीएसजीनको नियन्त्रणमा गएको थियो ।

दोस्रो हाफमा सिटीका लागि इर्लिङ हालान्डले दुई गोल फर्काए पनि त्यो पर्याप्त रहेन् । लिभरपुलले पनि एक समय चार गोलको अग्रता लिएर पनि पछि तीन गोल खाएको थियो । बारकोलाले २४, ३७ र ६६ औं मिनेटमा गोल गरे ।

रियलले भने रोमाविरुद्ध ३–१ ले पछाडि रहेर पनि पुर्नआगमन जित रचेको हो । यस्तै फायनउडले कोमोलाई ३–२, बोडो/गिल्म्टले बोरुसियालाई १–०, रियल बेटिसले पोर्टोलाई ३–२, साख्तर डोटेस्कले एईके एथेन्सलाई ३–१ र स्टुटगार्टले स्लोभान ब्राटिस्लाभलाई ३–० ले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इङ्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर हेरी केनले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका छन्। युरोपेली च्याम्पियन्स लिग फुटबलमा ३० वर्षको उमेरपछि सर्वाधिक गोल गर्ने खेलाडी बन्दै केनले मेसीलाई पछि पारेका हुन्। केनले मंगलबार नर्वेजियन क्लब भाइकिङविरुद्ध दुई गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्। च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत भएको उक्त खेलमा ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ छ । नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका रस्टन चेजले हाल ...
। बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले ओमानमाथि ११३ रनको जित हासिल गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो । ओमानका ...
: खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन्। सम्मेलनअघि कोशी र मधेस ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए ...