मुख्य समाचार
चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन
चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन

। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ।

विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो।

चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, रेष्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ र भोजनालयहरूलाई लक्षित गर्दै विभागले तोकिएका नियमहरू अनिवार्य पालना गर्न सचेत गराएको छ।

सूचनाअनुसार, मापदण्डको पालना नगरी खाना, खाजा एवं नास्ता उपलब्ध गराएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुनेछ।

यसका साथै, विभागले सबै खाद्य व्यवसायीलाई विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्वच्छता लोगो लिएर मात्र व्यवसाय सञ्चालन गर्नसमेत निर्देशन दिएको छ।

यी हुन् खाद्य व्यवसायीले स्वच्छता कायम राख्न अनिवार्य अवलम्बन गर्नुपर्ने कार्यहरू:

स्वच्छ र गुणस्तरीय खानेकुरा मात्र उपलब्ध गराउने।
उपभोग्य अवधि (म्याद) बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्ने।
खाद्य पदार्थको बिक्री सोकेस वा कक्षमा तापक्रम (चिसो वा तातो) को व्यवस्था मिलाउने।
भान्सा तथा खाना वितरण गर्ने स्थान तथा परिसर स्वच्छ र सफा राख्ने।
कामदार कर्मचारीको सरसफाइ कायम राख्ने।
सफा भाँडाकुँडामा पकाउने र खान दिने।
स्वच्छ र गुणस्तरीय पानी मात्र प्रयोग गर्ने।
स्वच्छ र गुणस्तरीय कच्चा पदार्थ मात्र प्रयोग गर्ने।
खानेकुरा राम्ररी पकाएर मात्र खान दिने।
पकाएको र नपकाएको खानालाई छुट्टाछुट्टै राख्ने।
उचित मूल्य लिएर मात्र खानेकुरा बिक्री गर्ने।
खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने।
बासी, झिँगा भन्केका, सडेगलेका, धुँवा/धुलो/फोहोर पानी मिसिएका वा त्यस्तो अवस्थामा तयार भएका खानेकुरा बिक्री नगर्ने।
विभागले यात्रुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यी नियमहरू लागू गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीमा गोली प्रहार गरी एक युवकलाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। गत असोज ३ गते बेलुका देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीको लक्ष्मीनारायण मन्दिर नजिक गोली प्रहार भएको थियो। घटनामा स्थानीय पल्टन भन्ने रामदेव यादवका २४ वर्षीय छोरा निरजकुमार यादव घाइते भएका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा ...
। भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले ...
:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुकहरूका लागि 'नगरपालिका क्यान्डिडेट क्लब'को आवेदन खुला गरेको छ। आउँदो स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुकले पार्टीको आधिकारिक मोबाइल एपबाट आवेदन दिन सकिने रास्वपाले जनाएको छ। रास्वपाले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ अनुसार क्यान्डिडेट क्लबमा सहभागी हुन ...
: शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ। दुई हजार भन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया (हरित युरिया) उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा (मोडालिटी) सम्बन्धी प्रस्ताव माग गरेको हो । मन्त्रालयले आवश्यकताअनुसार भविष्यमा ...