मुख्य समाचार
पार्टीको नियमित प्रशासनिक कामबाट आफू अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना
पार्टीको नियमित प्रशासनिक कामबाट आफू अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नियमित प्रशासनिक कामबाट आफू अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना अघि सारेका छन् ।

पार्टीका दैनिक काम वरिष्ठ उपसभापति र महामन्त्रीहरूले हेर्ने गरी आफू समसामयिक मुद्दा र नागरिकका समस्या बुझ्न देशभर घुम्ने उनले बताएका हुन् ।

शुक्रबार काठमाडौंमा नेपाल पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कांग्रेसको संगठन निर्माण, कार्यशैली र सोच्ने तरिका बदल्नुपर्ने बताए । उनका अनुसार विगतका नेताहरूको योगदानबाट प्रेरणा लिए पनि आजको समाजका प्रश्नको समाधान खोज्न वर्तमान पुस्ता आफैँ सक्रिय हुनुपर्छ ।

थापाले आजको नेपाली समाजका आवश्यकता सम्बोधन गर्न समुन्नतिको अवधारणा अघि सारे । रोजगारी, वैदेशिक पलायन, आर्थिक विकास, सुशासन, सामाजिक विभेद र वातावरण संरक्षणजस्ता चुनौतीलाई लोकतन्त्र र नागरिक अधिकारको रक्षासँगै सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक सञ्जालमा मात्र केन्द्रित भएर समस्याको समाधान नहुने भन्दै उनले बन्द कोठामा छलफल, बहस र चिन्तनको आवश्यकता औँल्याए । नागरिकका आकाङ्क्षा पूरा गर्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए ।

‘नेपाली कांग्रेसले आजको समाजका आवश्यकता, जनताका प्रश्न र समसामयिक मुद्दालाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ । सामाजिक सञ्जालमा मात्र केन्द्रित नभई छलफल, बहस र चिन्तनमार्फत समस्याको समाधान खोज्नुपर्छ,’ थापाले भने ।

उनले पार्टीका नियमित कामभन्दा बाहिर रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग भेटघाट गर्ने, उनीहरूका कुरा सुन्ने र समस्याको समाधान खोज्ने अवसर आफूलाई दिनुपर्ने बताए ।

कांग्रेस कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभई लाखौँ नागरिकको साझा संस्था भएको उल्लेख गर्दै थापाले पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए ।

कुनै नेता वा कार्यकर्ताको व्यक्तिगत आचरण र आर्थिक गतिविधिका लागि सिंगो पार्टीलाई जिम्मेवार बनाउन नहुने उनको भनाइ थियो । तर, व्यक्तिगत कमजोरीको दोष पार्टीले बोक्न नहुने र त्यस्ता गतिविधिको बचाउसमेत गर्न नहुने उनले स्पष्ट पारे ।

‘पार्टी नेतृत्वको समर्थन भनेको व्यक्तिका गलत कार्यको बचाउ गर्नु होइन, उसले पार्टी र जनताका लागि गर्ने सही कामलाई बलियो बनाउनु हो,’ थापाले भने ।

पार्टीलाई स्वच्छ, जिम्मेवार र जनउत्तरदायी बनाउन सानो तहबाटै सुधार सुरु गर्नुपर्नेमा उनले जोड दिए । सञ्चारमाध्यमलाई पनि कुनै व्यक्तिको व्यक्तिगत कमजोरीका आधारमा सिंगो पार्टीलाई दोषी नठहर्‍याउन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले ...
। काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । सिन्धुली गोलोञ्जोर गा.पा.–७ ट्रायल सेन्टर अगाडि उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा बा.प्र.०३–००१ ख.२७७४ नं.को गाडी ब्याक गर्दा दुर्घटना भएको थियो । पछाडीको चक्का अचानक नालामा ...
। गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने बताएका हुन् । उनले सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन पनि दिए । नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको ...
। नेपाल प्रहरीलाई प्रविधिमैत्री र समयानुकूल बनाउन कृत्रिम बौद्धिकता, ड्रोन तथा एन्टि–ड्रोन प्रविधि र ठगी नियन्त्रणका लागि नयाँ संरचना विकास गर्ने योजना अघि बढाइएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा बोल्दै कार्कीले अपराध अनुसन्धान र प्रहरी सेवाको प्रभावकारिता बढाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने बताए । उनका अनुसार एआई तथा एड्भान्स्ड ...
। सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी ...