मुख्य समाचार
बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोले दियो ५ लाख रुपैयाँ राहत
बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोले दियो ५ लाख रुपैयाँ राहत

। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

कम्पनीले २०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित भएका कर्मचारीका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णयअनुसार हालसम्म ५३ जना कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका अनुसार बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको हो । हालसम्म प्राप्त कागजातका आधारमा वेपत्ता तथा मृतक गरी जम्मा ५३ जना कर्मचारीमध्ये ४७ जना कर्मचारीका परिवार तथा आफन्तलाई प्रति परिवार ५ लाख रुपैयाँका दरले कुल २ करोड ३५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

बाँकी प्रभावित परिवारलाई आवश्यक कागजात प्राप्त भएपछि नियमानुसार राहत रकम उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

रसुवाको टिमुरेमा अवस्थित रसुवागढी जलविद्युत् आयोजनाको स्रोत नदी भोटेकोशीमा आएको बाढीले आयोजनाका अधिकांश संरचनामा क्षति पुर्‍याएको थियो । बाढीका कारण आयोजनामा कार्यरत नियमित करार सेवातर्फका ५० जना र दैनिक ज्यालादारीतर्फका दुई जना गरी ५२ जना कर्मचारी बेपत्ता भएको कम्पनीको विवरणमा उल्लेख छ । तीमध्ये एक जना कर्मचारीको शव पहिचान भएको जनाइएको छ ।

त्यस्तै, विभिन्न ठेकेदार कम्पनीबाट प्राप्त विवरणअनुसार आयोजनामा कार्यरत ३९ जना कर्मचारी तथा कामदारसमेत बेपत्ता भएका थिए । बाढीपछि आयोजनाको जनशक्ति, संरचना र सञ्चालनमा गम्भीर असर परेको कम्पनीले जनाएको छ ।

कम्पनीले बेपत्ता कर्मचारीका परिवारसँग सम्पर्क तथा संवाद गर्ने र परम्पराअनुसार गरिने काजक्रियामा सहभागी हुने काम प्रारम्भिक दिनमा गर्न नसकेको भन्दै दु:ख व्यक्त गरेको छ ।

आयोजनास्थलसम्म पुग्ने सडक र पुलसमेत बाढीले क्षतिग्रस्त बनाएको छ । नेपाल–चीन सीमाक्षेत्र नजिक रहेको आयोजना स्याफ्रुबेँसीबाट करिब १६ किलोमिटर दूरीमा छ । बाढीका कारण स्याफ्रुबेँसीदेखि आयोजनास्थलसम्म पुग्ने सडक तथा मार्गमा रहेका ६ वटा पक्की पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ ।

हाल रसुवा र नुवाकोट जिल्लासँग सडक सञ्जाल जोडिए पनि क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण नभएसम्म आयोजनास्थलसम्म पुग्ने वैकल्पिक मार्ग उपलब्ध नरहेको कम्पनीको भनाइ छ । सडक र पुल पुनर्निर्माणपछि मात्रै आवश्यक मेसिनरी, उपकरण तथा निर्माण सामग्री आयोजनास्थलसम्म पुर्‍याउन सकिने र पुनर्निर्माणका गतिविधि अघि बढाउन सहज हुने कम्पनीले जनाएको छ ।

बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई राहत उपलब्ध गराउनुका अतिरिक्त दुर्घटना बीमा, सामाजिक सुरक्षा कोष तथा कर्मचारी सुविधाअन्तर्गत प्राप्त गर्न सकिने रकमका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कर्मचारीको मृत्यु दर्ता प्रमाणपत्र प्राप्त भएपछि नियमअनुसार दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम, आश्रित परिवारले प्राप्त गर्न सक्ने पेन्सन तथा किरिया खर्च र सञ्चित बिदाबापतको रकम प्राप्त गर्ने प्रक्रियामा सहयोग गरिनेछ ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षति दु:खद र अपूरणीय रहेको उल्लेख गर्दै कम्पनीले पीडित परिवारलाई राहत उपलब्ध गराउने तथा उनीहरूले प्राप्त गर्न सक्ने सुविधा र क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले ...
। काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । सिन्धुली गोलोञ्जोर गा.पा.–७ ट्रायल सेन्टर अगाडि उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा बा.प्र.०३–००१ ख.२७७४ नं.को गाडी ब्याक गर्दा दुर्घटना भएको थियो । पछाडीको चक्का अचानक नालामा ...
। गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने बताएका हुन् । उनले सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन पनि दिए । नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको ...
। नेपाल प्रहरीलाई प्रविधिमैत्री र समयानुकूल बनाउन कृत्रिम बौद्धिकता, ड्रोन तथा एन्टि–ड्रोन प्रविधि र ठगी नियन्त्रणका लागि नयाँ संरचना विकास गर्ने योजना अघि बढाइएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा बोल्दै कार्कीले अपराध अनुसन्धान र प्रहरी सेवाको प्रभावकारिता बढाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने बताए । उनका अनुसार एआई तथा एड्भान्स्ड ...
। सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी ...