मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते

। सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार, महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ आउँदै गरेको बी आर ०६ बी ए क्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले ...
। काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । सिन्धुली गोलोञ्जोर गा.पा.–७ ट्रायल सेन्टर अगाडि उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा बा.प्र.०३–००१ ख.२७७४ नं.को गाडी ब्याक गर्दा दुर्घटना भएको थियो । पछाडीको चक्का अचानक नालामा ...
। गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने बताएका हुन् । उनले सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन पनि दिए । नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको ...
। नेपाल प्रहरीलाई प्रविधिमैत्री र समयानुकूल बनाउन कृत्रिम बौद्धिकता, ड्रोन तथा एन्टि–ड्रोन प्रविधि र ठगी नियन्त्रणका लागि नयाँ संरचना विकास गर्ने योजना अघि बढाइएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा बोल्दै कार्कीले अपराध अनुसन्धान र प्रहरी सेवाको प्रभावकारिता बढाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने बताए । उनका अनुसार एआई तथा एड्भान्स्ड ...
। सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी ...