। सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावअनुसार गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।