मुख्य समाचार
पार्टीभित्रका कमजोरी र विकृति हटाउँदै नेपाली कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढाउने
पार्टीभित्रका कमजोरी र विकृति हटाउँदै नेपाली कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढाउने

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका कमजोरी र विकृति हटाउँदै नेपाली कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढाउने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टी आन्तरिक अलमलमा रुमल्लिएर बस्न नहुने बताएका हुन्।

‘अब हामी घरभित्र अलमलिएर बस्ने होइन। पार्टीलाई थप सफा बनाएर लैजानुपर्छ,पार्टीभित्रको फोहोर पनि सफा गरेर लैजानुपर्छ,'उनले भने।

सभापति थापाले नेपाली कांग्रेसले फरक–फरक पुस्तालाई जोड्दै अघि बढ्नुपर्नेमा जोड दिए। उनले सामाजिक सञ्जालमा लोकप्रिय हुने होडमा मात्रै लागेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने बताए। ‘अब कसले सुन्छ,कसले सुन्दैन भनेर रिल्सको पछि कुदेर हुँदैन। विभिन्न मुद्दा र विषय छन्। यी विषयमा बन्द कोठामा बसेर चिन्तन गर्नुपर्छ,बहस गर्नुपर्छ,’ उनले भने।

समाजमा अनेकौँ समस्या रहेको उल्लेख गर्दै थापाले सबै प्रश्नको उत्तर आफूसँग हुन नसक्ने भए पनि प्रश्नबाट भाग्न नहुने बताए। उनले समाजका समस्या पहिचान गर्दै तिनको समाधान खोज्न गम्भीर छलफल र बहस आवश्यक रहेको धारणा राखे।

कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार र आवाजलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेको छ। यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामग्रीप्रतिको निर्भरता घटाउँदै स्वदेशी उत्पादन, स्थानीय स्रोतसाधन र स्वदेशी प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गरिएको छ। निर्देशिकाले सडक, पुल, भवनलगायत सार्वजनिक पूर्वाधार निर्माणमा स्वदेशी सामग्रीको प्रयोगलाई प्राथमिकता दिएको छ। अब प्राविधिक रूपमा उपयुक्त ...
: बर्दियामा साइकल यात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स दुर्घटना भएको छ। बाँकेको कोहलपुरबाट गेरुवातर्फ जाँदै गरेको सु.प्र.०१-००१ च ३५७७ नम्बरको एम्बुलेन्स बर्दियाको मधुवन नगरपालिका-६ स्थित हुलाकी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो। विपरित दिशाबाट आउँदै गरेका साइकललाई बचाउने क्रममा एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक टंकबहादुर देउवाले जानकारी ...
: सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित नियमित ‘मिडिया बिफ्रिङ’मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न मन्त्रालय र अन्तर्गतका सार्वजनिक निकायका विभिन्न पदाधिकारीको नियुक्ति खारेज भएपश्चात ८० वटा निकायमा ४१९ नियुक्ति तथा पदपूर्ति भएको ...
: मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो। एमालेले नेपाली कांग्रेस र नेपाली कम्यनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पुरा नभएकोले ...
: नवरात्रको सातौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रिको पूजा गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवती देवीले परास्त वा नष्ट गरिदिन्छिन् भन्ने धार्मिक मान्यता रहिआएको छ। कालरात्रिको वर्ण कृष्ण (कालो) ...