मुख्य समाचार
नवरात्रको सातौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै
नवरात्रको सातौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै

: नवरात्रको सातौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रिको पूजा गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवती देवीले परास्त वा नष्ट गरिदिन्छिन् भन्ने धार्मिक मान्यता रहिआएको छ। कालरात्रिको वर्ण कृष्ण (कालो) रहेको र स्वरूप भयङ्कर हुने कुरा विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

यस वर्ष आश्विन १५ गते आइतबार दसैं घर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौंको जमरा राखिएको थियो। सोही दिन पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा-आराधना गरिएको थियो।

त्यस्तै, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता र छैटौं दिन कात्यायनी देवीको विधिपूर्वक पूजा गरियो। सातौं दिन आज कालरात्रि देवीको आराधना गरिँदै छ भने बाँकी दिनहरूमा क्रमशः आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। यिनै नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रभर दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत लगायत देवी स्तोत्रहरूको पाठ गरिन्छ। यस अवसरमा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास छ। नवमीसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा अनुसार नेपालीहरूले १५ दिनसम्म बडादसैं पर्व मनाउँछन्।

दसैंको सातौँ दिन आज घरघरमा वैदिक विधिअनुसार फूलपाती भित्र्याइँदै छ। यसैक्रममा आज हनुमानढोका दरबारको दसैँ घरमा पनि गोरखाबाट ल्याइएको फूलपाती बाजागाजासहित हर्षोल्लासका साथ भित्र्याइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष फूलपाती भित्र्याउनका लागि बिहान ७ बजेर ३७ मिनेटको शुभ साइत तोकेको छ।

साथै, आजैका दिन ऐतिहासिक तुलजा भवानीको जात्रा पनि विधिपूर्वक मनाइन्छ। नवरात्रको यस विशेष अवसरमा काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थी भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेको छ। यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामग्रीप्रतिको निर्भरता घटाउँदै स्वदेशी उत्पादन, स्थानीय स्रोतसाधन र स्वदेशी प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गरिएको छ। निर्देशिकाले सडक, पुल, भवनलगायत सार्वजनिक पूर्वाधार निर्माणमा स्वदेशी सामग्रीको प्रयोगलाई प्राथमिकता दिएको छ। अब प्राविधिक रूपमा उपयुक्त ...
: बर्दियामा साइकल यात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स दुर्घटना भएको छ। बाँकेको कोहलपुरबाट गेरुवातर्फ जाँदै गरेको सु.प्र.०१-००१ च ३५७७ नम्बरको एम्बुलेन्स बर्दियाको मधुवन नगरपालिका-६ स्थित हुलाकी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो। विपरित दिशाबाट आउँदै गरेका साइकललाई बचाउने क्रममा एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक टंकबहादुर देउवाले जानकारी ...
: सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित नियमित ‘मिडिया बिफ्रिङ’मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न मन्त्रालय र अन्तर्गतका सार्वजनिक निकायका विभिन्न पदाधिकारीको नियुक्ति खारेज भएपश्चात ८० वटा निकायमा ४१९ नियुक्ति तथा पदपूर्ति भएको ...
: मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो। एमालेले नेपाली कांग्रेस र नेपाली कम्यनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पुरा नभएकोले ...
: देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। मकवानपुर,ललितपुर,कञ्चनपुर,सुनसरी, उदयपुर, झापा र तनहुँबाट १४ जना पक्राउ परेका हुन्। प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्। त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित ...