मुख्य समाचार
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति

: सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति गरिएको जनाएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित नियमित ‘मिडिया बिफ्रिङ’मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न मन्त्रालय र अन्तर्गतका सार्वजनिक निकायका विभिन्न पदाधिकारीको नियुक्ति खारेज भएपश्चात ८० वटा निकायमा ४१९ नियुक्ति तथा पदपूर्ति भएको बताए। उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट १४ जना र विश्वविद्यालय, आयोग, प्रतिष्ठानमा १७८ जनाको नियुक्ति भएको छ।

त्यस्तै प्रवक्ता अर्यालले राष्ट्रिय तथ्यांक कार्यालयबाट मस्यौदामा विभिन्न सुझाव दिइएको बताए। त्यस्तै बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्यांकमा स्तरीयता, एकरूपता तथा अन्तरराष्ट्रियस्तरमा तुलनायोग्य बनाउने सन्दर्भमा रायसुझाव प्रदान गरिएको उनले बताए।

त्यस्तै उनले पछिल्लो साता बेरुजु फर्छयौट समन्वय तथा अनुगमनका लागि सिन्धुपाल्चोकस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको अनुगमन गरिएको जानकारी दिए। प्रवक्ता अर्यालले विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आए बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णयानुसार पाँच वटा विभिन्न फर्म तथा कम्पनीलाई कालो सूचीमा राखिएको समेत उल्लेख गरे।

हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ९४ करोड ३१ लाख एक हजार ९६९ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेको छ। यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामग्रीप्रतिको निर्भरता घटाउँदै स्वदेशी उत्पादन, स्थानीय स्रोतसाधन र स्वदेशी प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गरिएको छ। निर्देशिकाले सडक, पुल, भवनलगायत सार्वजनिक पूर्वाधार निर्माणमा स्वदेशी सामग्रीको प्रयोगलाई प्राथमिकता दिएको छ। अब प्राविधिक रूपमा उपयुक्त ...
: बर्दियामा साइकल यात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स दुर्घटना भएको छ। बाँकेको कोहलपुरबाट गेरुवातर्फ जाँदै गरेको सु.प्र.०१-००१ च ३५७७ नम्बरको एम्बुलेन्स बर्दियाको मधुवन नगरपालिका-६ स्थित हुलाकी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो। विपरित दिशाबाट आउँदै गरेका साइकललाई बचाउने क्रममा एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक टंकबहादुर देउवाले जानकारी ...
: मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो। एमालेले नेपाली कांग्रेस र नेपाली कम्यनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पुरा नभएकोले ...
: नवरात्रको सातौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रिको पूजा गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवती देवीले परास्त वा नष्ट गरिदिन्छिन् भन्ने धार्मिक मान्यता रहिआएको छ। कालरात्रिको वर्ण कृष्ण (कालो) ...
: देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। मकवानपुर,ललितपुर,कञ्चनपुर,सुनसरी, उदयपुर, झापा र तनहुँबाट १४ जना पक्राउ परेका हुन्। प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्। त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित ...