मुख्य समाचार
अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते
अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते

: जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

नलगाड नगरपालिका–८, मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा भएको अटो दुर्घटनामा नलगाड–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र सोही ठाउँका ५५ वर्षीय रमेश विकको मृत्यु भएको हो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा नलगाड–२, डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड–३, कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, चौरका २२ वर्षीय करण परियार रहेका छन्। उनीहरुको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ।

शनिबार बिहान रुकुम पश्चिमको राडिबाट जाजरकोटको तल्लुबगरतर्फ जाँदै गरेको लु. प्र. ०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नुवाकोटमा भोटेकोशी बाढी प्रभावित ३ सय ५० महिलालाई पोषण तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ। सामुदायिक विकास केन्द्र (सीडीसी) नेपाल र नेपाल सहायता फाउन्डेसनले प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई विभिन्न पोषणयुक्त सामग्री र न्यायो कपडा वितरण गरेको हो। यस्तै, १ सय ५० बालबालिकाहरुलाई पनि न्यायो कपडा र खेलौना वितरण गरिएको सीडीसी नेपालकी अध्यक्ष ...
: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन्। ‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने। त्यस्तै, थापाले कांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउने बताए। कांग्रेसलाई वैचारिक ...
: नेपाली सेनाले बडादसैँको फूलपातिका अवसरमा सैनिक मञ्च टुँडीखेलमा ‘फूलपाती बढाइँ’ सम्पन्न गरेको छ। सेनाले शनिबार विशेष हर्ष बढाइँ समारोह आयोजना गरेको हो। यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे तथा एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘फूलपाति बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। समारोहमा सैनिक ब्यान्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिनुका ...
: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले भिन्नै अनुभूति गरेको बताएका छन्। शनिबार शपथ ग्रहण पछि सभापति थापाले विगतमा विभिन्न संघर्ष गर्दै,लड्दै र जुझ्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले पद प्राप्त गर्नुलाई आफ्नो यात्राको मूल उद्देश्यका रूपमा नलिएको स्पष्ट पारे। ‘पदहरू भनेको काम गर्ने क्रममा जोडिएर आउने कुरा हुन्। यो पदको ...
: प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ। काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दशैँघरमा भित्र्याइएको हो। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि वर्षेनि बडादसैँको सातौँ दिन ...