मुख्य समाचार
पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले भिन्नै अनुभूति गरेको
पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले भिन्नै अनुभूति गरेको

: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले भिन्नै अनुभूति गरेको बताएका छन्। शनिबार शपथ ग्रहण पछि सभापति थापाले विगतमा विभिन्न संघर्ष गर्दै,लड्दै र जुझ्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले पद प्राप्त गर्नुलाई आफ्नो यात्राको मूल उद्देश्यका रूपमा नलिएको स्पष्ट पारे।

‘पदहरू भनेको काम गर्ने क्रममा जोडिएर आउने कुरा हुन्। यो पदको जिम्मेवारी लिन्छु भनेर सुरु गरेको यात्रा होइन,'उनले भने।

सभापति थापाले शपथ ग्रहणलाई केवल औपचारिकताका रूपमा लिन नहुने धारणा राखे। शपथका क्रममा व्यक्त गरिएका प्रतिबद्धताको वास्तविक परीक्षण आगामी यात्रामा हुने उनको भनाइ छ। विशेषगरी कठिन परिस्थितिमा आफूले लिने निर्णय र निर्वाह गर्ने भूमिकाले प्रतिबद्धताको मूल्यांकन हुने उनले बताए।

‘शपथमा जे बोलें,जे भनें,त्यसको परीक्षण अगाडिको यात्राले बताउनेछ। गाह्रो समयमा मैले निर्णय कसरी लिन्छु भन्ने कुराबाट नै बोलेका कुराको परीक्षण हुन्छ,'सभापति थापाले भने।

उनले नेपाली कांग्रेसको सभापतिको जिम्मेवारीलाई व्यक्तिगत पद,प्रतिष्ठा वा अहंकारका रूपमा बुझ्न नहुनेमा जोड दिए। यो जिम्मेवारी पार्टीका संस्थापक तथा अग्रज नेताहरूले अघि बढाएको राजनीतिक विरासतसँग जोडिएको उल्लेख गर्दै उनले सभापतिको भूमिका नागरिकप्रतिको दायित्व पूरा गर्न केन्द्रित हुनुपर्ने बताए।

थापाले बीपी कोइराला,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले निर्वाह गरेको ऐतिहासिक जिम्मेवारीको स्मरण गर्दै आफूले पाएको जिम्मेवारीलाई त्यही विरासतसँग जोडेर हेरेको बताए।

'नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सामान्य होइन। वीपी,गणेशमान,किसुनजी, गिरिजाप्रसाद कोइरालालगायतले लिनुभएको जिम्मेवारी हो। यो अहंकारको श्रीपेच पनि होइन। यो जिम्मेवारी भनेको नागरिकको जिम्मेवारी पूरा गर्नका लागि भूमिका दिएको हो। पार्टीको विरासत जोगाउने जिम्मेवारी हो,'उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नुवाकोटमा भोटेकोशी बाढी प्रभावित ३ सय ५० महिलालाई पोषण तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ। सामुदायिक विकास केन्द्र (सीडीसी) नेपाल र नेपाल सहायता फाउन्डेसनले प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई विभिन्न पोषणयुक्त सामग्री र न्यायो कपडा वितरण गरेको हो। यस्तै, १ सय ५० बालबालिकाहरुलाई पनि न्यायो कपडा र खेलौना वितरण गरिएको सीडीसी नेपालकी अध्यक्ष ...
: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन्। ‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने। त्यस्तै, थापाले कांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउने बताए। कांग्रेसलाई वैचारिक ...
: नेपाली सेनाले बडादसैँको फूलपातिका अवसरमा सैनिक मञ्च टुँडीखेलमा ‘फूलपाती बढाइँ’ सम्पन्न गरेको छ। सेनाले शनिबार विशेष हर्ष बढाइँ समारोह आयोजना गरेको हो। यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे तथा एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘फूलपाति बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। समारोहमा सैनिक ब्यान्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिनुका ...
: प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ। काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दशैँघरमा भित्र्याइएको हो। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि वर्षेनि बडादसैँको सातौँ दिन ...
: नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। बडादसैंको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले शपथ ग्रहण गरेका हुन्। सभापति थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ खुवाएका हुन्। शपथ ग्रहणअघि बटुकहरूले स्वस्ति वाचन गरेका थिए। शपथ ग्रहण समारोहमा उपत्यकामा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित ...