मुख्य समाचार
मक्काको एक मस्जिदमा ‘अश्लील कृत्य’ गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई मृत्युदण्ड
मक्काको एक मस्जिदमा ‘अश्लील कृत्य’ गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई मृत्युदण्ड

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पवित्र सहर मक्काको एक मस्जिदमा ‘अश्लील कृत्य’ गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई मृत्युदण्ड दिएको पुष्टि गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार बङ्गलादेशी नागरिक नजरुल इस्लाम अब्दुल बशीर र सिती अख्तरलाई सुरक्षा अधिकारीहरूले पक्राउ गरी अदालतमा पेस गरेका थिए।

अदालतले मक्का मस्जिदको पवित्रता उल्लङ्घन र घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूलाई दोषी ठहर गरेको थियो। तल्लो अदालतको यस निर्णयलाई सर्वोच्च अदालतले समेत सदर गरेपछि शाही आदेश जारी गरी गत अक्टोबर १४ मा दुवै जनालाई मृत्युदण्ड दिइएको हो। यद्यपि, कथित ‘अश्लील कृत्य’ वास्तवमा के थियो र यो घटना कहिले घटेको थियो भन्नेबारे साउदी अधिकारीहरूले कुनै स्पष्ट विवरण सार्वजनिक गरेका छैनन्।

जेद्दास्थित बङ्गलादेशी वाणिज्य दूतावासले आफ्ना नागरिकहरूलाई फाँसी दिनुअघि साउदी अधिकारीहरूले यसबारे पूर्वसूचना नदिएको बताएको छ। बङ्गलादेशी अधिकारीहरूका अनुसार यसबारे औपचारिक पुष्टि र जानकारी माग्दै साउदी विदेश मन्त्रालयलाई कूटनीतिक नोट पठाइएको छ। साउदीका स्थानीय पत्रपत्रिकाले पनि मन्त्रालयको आधिकारिक बयानबाहेक यस घटनाबारे थप विवरण छापेका छैनन्।

के हो ‘ताजीर’ र साउदी न्याय प्रणाली?

एमनेस्टी इन्टरनेसनलका अनुसार साउदी अरबको न्यायिक प्रणाली शरिया कानुनका सिद्धान्त र न्यायाधीशहरूको तजबिजी मा आधारित छ। यस मामिलामा दुवै बङ्गलादेशी नागरिकलाई ‘ताजीर’ अन्तर्गत मृत्युदण्ड दिइएको हो।

इस्लामी कानुनमा स्पष्ट सजाय नभएका अपराधहरूका लागि न्यायाधीशले आफ्नो विवेक प्रयोग गरी तोक्ने सजायलाई ‘ताजीर’ भनिन्छ।

यो कुनै निश्चित कानुन नभई सजायको एक श्रेणी हो । जसले न्यायाधीशलाई अपराधको प्रकृति तय गर्ने र चेतावनी, जरिवाना, कैददेखि मृत्युदण्डसम्मको सजाय निर्धारण गर्ने फराकिलो अधिकार दिन्छ।

साउदी अरबमा व्यापक लिखित दण्ड संहिता नभएकाले धेरैजसो अपराध र तिनको सजाय कानुनमा प्रस्ट उल्लेख छैन। अधिकारीहरूले प्रायः आतंकवाद-विरोधी वा साइबर अपराध कानुनका अस्पष्ट प्रावधानहरू प्रयोग गरी ‘सार्वजनिक व्यवस्था’, ‘धार्मिक मूल्य’ र ‘सार्वजनिक नैतिकता’ विपरीतका कार्यमा सजाय तोक्ने गर्छन्।

सन् २०२६ मा मृत्युदण्डको भयावह आँकडा

एमनेस्टी इन्टरनेसनलको तथ्यांक अनुसार सन् २०२६ को पहिलो नौ महिनामै (अक्टोबर २०२६ सम्म) साउदी अरबमा १७५ भन्दा बढी मानिसलाई मृत्युदण्ड दिइसकिएको छ।

साउदी अरब विश्वमै सबैभन्दा बढी मृत्युदण्ड दिने देशहरूमध्ये अग्रपंक्तिमा पर्छ। यस वर्ष मृत्युदण्ड पाउनेहरूमा अधिकांश विदेशी नागरिक रहेका छन्। सन् २०२६ मा मात्रै २० भन्दा बढी देशका कम्तीमा ९४ जना विदेशी नागरिकलाई साउदी अरबमा फाँसी दिइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ । यस्तो अवस्थामा इरानबाट आर्थिक सहयोग पाउँदै आएका क्षेत्रीय मिलिसिया समूहहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई रकम फिर्ता पठाउन थालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले शुक्रबार खुलासा गरेका छन् । तेल राजस्वमा २५ अर्ब डलरको क्षति, क्रिप्टोकरेन्सीसमेत ...
। फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्। फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका कडा प्रतिबन्धहरू छुट दिने निर्णय गरेपछि संसद्का दुवै दलका शीर्ष नेताहरूले त्यसको कडा शब्दमा भर्त्सना गरेका छन्। गत महिना मात्रै आफैले हस्ताक्षर गरेर पारित गराएको प्रतिबन्धसम्बन्धी कानुनलाई ट्रम्पले अचानक कार्यकारी आदेशमार्फत निलम्बन गरेपछि यसलाई नेताहरूले ’जिम्मेवारीविहीन’ र ’शैतानसँगको सम्झौता’ को संज्ञा दिएका छन्। शुक्रबार रातिेरूपमा राष्ट्रपति ट्रम्पले ’लिन्डसे ओ. ग्राहम ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउने सम्बन्धी कानुनलाई हालका लागि रोकिदिएका छन्। ट्रम्पले शुक्रबार यस निर्णयसँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्दै यो कदम अमेरिकाको राष्ट्रिय हितमा रहेको बताएका छन्। यस कानुन अनुसार रुसबाट तेल र ग्यास खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार शुल्क (कर) लगाउन सकिने व्यवस्था थियो। ती मुलुकहरूमा चीन, भारत, स्लोभाकिया, ...
: युक्रेनले पूर्वी डोनबास क्षेत्रमा सञ्चालन गरेको प्रतिआक्रमणमा सफलता हासिल गरेको दाबी गरेको छ । युक्रेनी पक्षका अनुसार ‘अपरेसन भिभाल्डी’ अन्तर्गत हालैका महिनामा २७७ वर्ग किलोमिटर क्षेत्र रुसी कब्जाबाट मुक्त गरिएको छ । बिबिसिमा उल्लेख भए अनुसार यस अभियानमा एलन मस्कको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीले महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ । युक्रेनी कमान्डरहरूका अनुसार प्रतिआक्रमणका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम