: जिल्ला प्रहरी परिसर काठमाडौंले ७२ हजार ८० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ४:३० बजेतिर काठमाडौंको दक्षिणकाली नगरपालिका–५,फर्पिङस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको ट्रामाडोल बरामद गरिएको हो।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३,कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७,अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।