मुख्य समाचार
क्याथोलिक पादरी प्याट्रिक अल्फ्रेडो साञ्चेज मोलिनारीको टाउकोमा अचानक काठको ठूलो क्रस (क्रूसीफिक्स) खस्दा घटनास्थलमै मृत्यु
क्याथोलिक पादरी प्याट्रिक अल्फ्रेडो साञ्चेज मोलिनारीको टाउकोमा अचानक काठको ठूलो क्रस (क्रूसीफिक्स) खस्दा घटनास्थलमै मृत्यु

: इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा लाइभ स्ट्रिमिङ भइरहेका बेला भयानक दुर्घटना भएको छ। क्याथोलिक पादरी प्याट्रिक अल्फ्रेडो साञ्चेज मोलिनारीको टाउकोमा अचानक काठको ठूलो क्रस (क्रूसीफिक्स) खस्दा घटनास्थलमै मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार घटना अक्टोबर १७ का दिन ग्वायाक्विलस्थित 'न्यूस्ट्रा सेनोरा डेल परपेटुआ सोकोरो' चर्चमा भएको हो। पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी प्रार्थना सभालाई सम्बोधन गरिरहेका थिए। सोही क्रममा भित्तामा झुण्ड्याइएको काठको ठूलो क्रस अचानक उप्किएर सीधै उनको टाउकोमा खसेको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भयो।

प्रार्थना सभाको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष (लाइभ) प्रसारण भइरहेकाले योघटना हजारौँ दर्शकले प्रत्यक्ष रूपमा देखेका थिए। दुर्घटनालगत्तै चर्चमा भागदौड र रुवाबासी चलेको थियो। सम्पूर्ण घटना क्यामेरामा कैद भएको र यसको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

ग्वायाकिलको आर्कडायोसिसले आइतबार विज्ञप्ति जारी गर्दै शनिबार पादरीको निधन भएको पुष्टि गरेको हो। मोलिनारीले सेन्ट्रल भिकेरियाटअन्तर्गतको आवर लेडी अफ पर्पेचुअल हेल्प चर्चमा पादरीका रूपमा सेवा गरेको उल्लेख छ। संस्थाले उनको परिवार, साथीभाइ र धार्मिक समुदायप्रति समवेदना व्यक्त गरेको छ।

उनी मोस्ट होली रिडिमर धार्मिक समुदायका सदस्य थिए। उनको निधनपछि स्थानीय धार्मिक समुदाय र सामाजिक सञ्जालमा शोक व्यक्त गरिएको छ।

निधनअघि मृत्युकै विषयमा दिँदै थिए प्रवचन

दुर्घटना हुनुअघि पादरी मोलिनारीले प्रार्थना सभामै मृत्युको महत्त्व र ईश्वरको भक्तिबारे सम्बोधन गरिरहेका थिए।

भाइरल भिडियो र सामाजिक सञ्जालका दाबी अनुसार उनका अन्तिम शब्दहरू थिए- 'प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज यहाँ उपस्थित हामी सबै एक दिन मर्नेछौँ… हामीले अन्य विषय वा काममा बिताउने समय ईश्वरसँग बिताएको समयजस्तो अर्थपूर्ण हुँदैन। ईश्वर, आफ्ना दाजुभाइ-दिदीबहिनी र परिवारलाई दिएको बहुमूल्य समय नै जीवनको सबैभन्दा उत्तम समय हो।'

सम्बोधन लगत्तै घटेको यो अकस्मात र अकल्पनीय घटनाले स्थानीय समुदाय र श्रद्धालुहरूलाई स्तब्ध बनाएको छ। क्रस भित्ताबाट किन खस्यो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन। घटनाको कारण र क्रस जडान गरिएको संरचनाको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले रुसलाई वार्ताको टेबलबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । आफू रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता गरिरहेको उनको भनाइ छ । ट्रम्पले प्रतिबन्ध लागू हुनुभन्दा दुई दिनअघि नै ...
: फ्रान्समा जारी हिंसात्मक प्रदर्शनका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनलाई यसको मुख्य जिम्मेवार ठहराएका छन्। साथै उनले फ्रान्सलाई आफ्नो सीमा तत्काल बन्द गर्न र आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउन अपिल गरेका छन्। सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै ट्रम्पले भनेका छन्, 'फ्रान्स जलिरहेको छ। फरक संसारबाट आएका र हृदयमा घृणा बोकेका मानिसहरूको आप्रवासनले कुनै समय ...
। अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ । यस्तो अवस्थामा इरानबाट आर्थिक सहयोग पाउँदै आएका क्षेत्रीय मिलिसिया समूहहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई रकम फिर्ता पठाउन थालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले शुक्रबार खुलासा गरेका छन् । तेल राजस्वमा २५ अर्ब डलरको क्षति, क्रिप्टोकरेन्सीसमेत ...
। फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्। फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका कडा प्रतिबन्धहरू छुट दिने निर्णय गरेपछि संसद्का दुवै दलका शीर्ष नेताहरूले त्यसको कडा शब्दमा भर्त्सना गरेका छन्। गत महिना मात्रै आफैले हस्ताक्षर गरेर पारित गराएको प्रतिबन्धसम्बन्धी कानुनलाई ट्रम्पले अचानक कार्यकारी आदेशमार्फत निलम्बन गरेपछि यसलाई नेताहरूले ’जिम्मेवारीविहीन’ र ’शैतानसँगको सम्झौता’ को संज्ञा दिएका छन्। शुक्रबार रातिेरूपमा राष्ट्रपति ट्रम्पले ’लिन्डसे ओ. ग्राहम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम