मुख्य समाचार
चितवनको जंगल, हरियाली र प्राकृतिक वातावरण
चितवनको जंगल, हरियाली र प्राकृतिक वातावरण

। चितवनको जंगल, हरियाली र प्राकृतिक वातावरण । जंगलको यही परिवेश नजिकबाट नियाल्ने रहर बोकेर पर्यटकहरू चितवन पुग्ने गर्छन् । हात्तीको पिठ्युँमा बसेर जंगलको यात्रा गर्नु उनीहरूका लागि फरक अनुभव हो । चितवनको पर्यटनसँग जोडिएको हात्ती सफारीले पर्यटकलाई जंगलको प्राकृतिक सौन्दर्यसँग नजिक बनाउने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा बर्खायाम सुरु भएसँगै जिप सफारी बन्द गरिन्छ । वर्षाका कारण जंगलभित्रका बाटो बिग्रने, खोल्सा तथा खोलामा बाढी आउने र रूखहरू ढल्ने भएकाले सफारी मार्ग सञ्चालन गर्न कठिन हुन्छ । बर्खाका तीन महिना जिप सफारी बन्द रहे पनि जंगल वाक भने सञ्चालनमै रहन्छ । निकुञ्जबाहिरका मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने हात्ती र जिप सफारी सञ्चालन हुँदै आएको छ ।




यस वर्ष पनि बर्खाका कारण बन्द भएको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी असोज अन्तिम सातादेखि पुन: सञ्चालनमा आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा हरेक वर्ष दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्। निकुञ्ज घुम्न आउने अधिकांश विदेशी पर्यटक जिप सफारीमा रमाउने गर्छन् भने नेपाली पर्यटकको आकर्षण पनि उत्तिकै छ । निकुञ्जले जिप सफारीबाट हरेक वर्ष करोडौँ रुपैयाँ राजस्व संकलन गर्दै आएको छ ।



चितवनको पर्यटनमा हात्ती सफारी पनि परिचित आकर्षण हो । तर, निकुञ्जभित्र हात्ती सफारी सञ्चालन हुँदैन । मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा सञ्चालन हुने हात्ती सफारीले पर्यटकलाई जंगलको अर्को अनुभव प्रदान गर्छ ।

पर्यटन गतिविधि विस्तार हुँदै गर्दा हात्तीको उचित हेरचाह, पशुकल्याण र वन्यजन्तुमैत्री पर्यटनको अभ्यासलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने आवश्यकता छ ।

जंगल सफारी केवल मनोरञ्जनको माध्यम मात्र होइन, चितवनको प्राकृतिक सम्पदा र पर्यटनबीचको सम्बन्ध बुझ्ने अवसर पनि हो । प्राकृतिक वातावरणको संरक्षण गर्दै पर्यटनलाई व्यवस्थित बनाउन सके चितवनको जंगलले पर्यटकलाई आकर्षित गरिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी अघि बढाइएको पुनर्संरचनाको काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणको संरचनात्मक सुधारका लागि तयार पारिरहेको रोडम्यापलाई अन्तिम रूप दिने काम गरिरहेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लामो समयदेखि चर्चामा रहेको प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने घोषणा गरेको थियो ...
। प्रा. डा. गोविन्द केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्। उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिएको अनुमति खारेज गर्न तथा आर्मी मेडिकल कलेजलगायत शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय बदर गर्न माग गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै डा. ...
। पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका ...
। नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो । भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको ...
। दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर विनोद न्यौपानेको टोलीले काम गरिरहेको थियो । यहाँ लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ । ‘यो अपाङ्गमैत्रीभन्दा पनि असक्षममैत्री हो । ज्येष्ठ नागरिक आउनुहुन्छ । पाटन अस्पताल नजिकै भएकाले बिरामीहरू आउनुहुन्छ’, न्यौपानेले भने, ‘उहाँहरूका लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम