मुख्य समाचार
इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको बताए
इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको बताए

। इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको बताएका छन् । उनले केही सर्त पूरा भएमा मात्र कुराकानी सुरु हुने बताएका छन् ।

इस्लामिक सहयोग संगठनको बैठकमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानका सर्तहरू स्पष्ट रहेको बताए । उनले ती सर्तहरू सात दिनको योजनाको रूपमा अमेरिकालाई दिएको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै उक्त सात दिनको योजनालाई अस्वीकार गरिसकेका छन् । त्यसपछि इरानले अमेरिकाबाट नयाँ प्रस्ताव पाएको हो ।

बीबीसीका अनुसार, अब्बास अरागचीले भने, ‘हामीले आफ्ना सर्तहरू राख्‍यौँ, अमेरिकाले आफ्नो मत दियो र हामी अहिले यसको समीक्षा गर्दैछौँ ।’ उनले सात दिनको योजना अझै पनि छलफलमा रहेको बताए ।

उनले थप भने, ‘यदि अमेरिकाले इमानदारी देखाउँछ भने अगाडिको बाटो स्पष्ट छ ।’

सर्तहरू पालना भएमा छैटौं दिनमा होर्मुज स्ट्रेट खोलिने र सातौं दिनमा कुराकानी सुरु हुने उनले बताए ।

अब्बास अरागचीले धम्कीका अगाडि नझुक्ने स्पष्ट पारे । इरानको रक्षा तयारी अघिल्ला युद्धहरूको तुलनामा धेरै बलियो रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वकै सर्वाधिक धनी व्यक्ति इलन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने भएका छन् । मस्कले आज आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समार्फत यसको घोषणा गरेका हुन् । हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १ सय ४६ डलर छ । अमेरिकामा करिब ७ करोड २० लाख बालबालिका ...
। युरोपका ६ देशमा बढ्दो शैक्षिक खर्च, बेरोजगारी र महँगो आवासको विरोधमा प्रदर्शन तीव्र बनेको छ। फ्रान्समा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गरेका छन् भने कैयौँ सरकारी भवनहरूमा आगजनी गरेका छन्। इटालीमा विद्यार्थीहरूले धेरै विद्यालयहरूमा कब्जा जमाएका छन्। ग्रिसमा विद्यार्थीहरूले होस्टेलको अभाव र बढ्दो भाडाको विरोधमा संसद् भवन अगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। बेल्जियम र अल्बानियामा पनि प्रदर्शनका ...
। आगामी अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचनको ठीक नौ दिन बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रत्यक्ष तथा औपचारिक रूपमा समर्थन घोषणा गरेका छन् । अमेरिकी र इजरायली कूटनीतिक इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायली चुनावमा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारलाई सार्वजनिक समर्थन गरेको यो पहिलो घटना हो। अधिकांश जनमत सर्वेक्षणहरूमा नेतान्याहुको ...
। इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । बम राखिएको धम्कीपूर्ण फोन आएपछि जहाजलाई बुल्गेरियाको सोफियामा अवतरण गराइएको हो । इजरायली पत्रिका ‘हारेट्ज’ले यो समाचार सार्वजनिक गरेको छ । अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई सो खतराको सूचना दिएका थिए । ती नागरिक भने सो जहाजमा सवार थिएनन् । बमको ...
। न्युयोर्क सिटीमा गत अक्टोबरमा संघीय आप्रवासन अधिकारीहरू (आईसीई) ले गरेको गोलीबारीको घटनाले डेमोक्रेटिक पार्टीभित्र दुर्लभ र चाखलाग्दो राजनीतिक एकता कायम गराएको छ। पार्टीको मध्यमार्गी (इस्टाब्लिस्मन्ट) र प्रगतिशील प्रोग्रेसिव) दुवै धारका शीर्ष नेताहरू डेमोक्रेटिक हाउस लिडर (संसदीय दलका नेता) हाकिम जेफ्रीज र न्युयोर्कका मेयर जोहरान मामदानी यस मुद्दामा हात मिलाउन आइपुगेका छन्। यो अनपेक्षित सहकार्यले ट्रम्प प्रशासनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम