मुख्य समाचार
विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति
विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति

। पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ।

प्रारम्भिक अनुमानअनुसार बाढी र पहिरोले क्षतविक्षत बनाएको उक्त सडकको स्थायी पुनर्निर्माणका लागि थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको है।


गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढी र पहिरोले कालीगण्डकी करिडोरलाई ठूलो क्षति पुर्‍याएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको तथा भत्काएको छ भने ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्‍याएको छ।

‘रु ८० देखि ९० करोड क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा फर्काउन थप रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने देखिएको छ,’ आयोजना प्रमुख शर्माले भने, ‘पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र गरिएको सडकको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ।’



पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर लामो यो सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा क्षति पुगेको छ। यसअघि सुरक्षित मानिएका क्षेत्रमा समेत नयाँ पहिरो र कटान सुरु भएको छ। सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३/०७४ मा सुरु भएको यस सडक आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो क्षति भएको बताए।

सडकमा क्षति पुगेसँगै यात्रा अवधि पनि बढेको छ। यसअघि करिब एक घण्टा तीन मिनेटमा पार हुने म्याग्दी खण्ड अहिले बाढीपहिरोका कारण तीनदेखि चार घण्टा लाग्न थालेको छ। पर्वतको फर्से, केराबारी, लामाबगर, म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता र सुकेबगर क्षेत्रमा बाढी तथा पहिरोले व्यापक क्षति गरेको छ।

कालीगण्डकीले पोखरेबगर सडक पुल बगाएपछि हाल अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ। पहिरो गएका केही स्थानमा एकतर्फी मात्रै सवारी चलेका कारण गाडी फस्ने र जाम हुने समस्या बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए। कोरला नाकाबाट भित्रिने कन्टेनर, मालवाहक सवारीसाधनका साथै मुस्ताङ आवतजावत गर्ने पर्यटक र स्थानीयवासीको चाप यो सडकमा अत्यधिक हुने गरेको छ।

चीन र भारतलाई जोड्ने कोरला नाका तथा पर्यटकीय एवं व्यापारिक दृष्टिकोणले अति महत्वपूर्ण मानिएको यस सडकको केही दिनअघि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्री पुनले भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले बजेटको कमी हुन नदिने र छिटोभन्दा छिटो काम अघि बढाउन निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी अघि बढाइएको पुनर्संरचनाको काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणको संरचनात्मक सुधारका लागि तयार पारिरहेको रोडम्यापलाई अन्तिम रूप दिने काम गरिरहेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लामो समयदेखि चर्चामा रहेको प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने घोषणा गरेको थियो ...
। प्रा. डा. गोविन्द केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्। उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिएको अनुमति खारेज गर्न तथा आर्मी मेडिकल कलेजलगायत शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय बदर गर्न माग गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै डा. ...
। पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका ...
। नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो । भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको ...
। दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर विनोद न्यौपानेको टोलीले काम गरिरहेको थियो । यहाँ लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ । ‘यो अपाङ्गमैत्रीभन्दा पनि असक्षममैत्री हो । ज्येष्ठ नागरिक आउनुहुन्छ । पाटन अस्पताल नजिकै भएकाले बिरामीहरू आउनुहुन्छ’, न्यौपानेले भने, ‘उहाँहरूका लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम