मुख्य समाचार
नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनः सञ्चालनमा
नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनः सञ्चालनमा

। नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।

नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो ।

भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको विशाल चट्टानसहितको पहिरो विस्फोटक पदार्थ प्रयोग गरेर हटाइएको छ ।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रह अनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गण अन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली सम्लग्न भएको आयोजनाले जनाएको छ ।



श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विष्फोटन (ब्लास्टिङ) मार्फत् ठूला–ठूला विशाल चट्टानहरूलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टानहरू हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार पहिरोमा खसेका ठूला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने परेको थियो । नेपाल–चीन व्यापारीक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन् ।

यस्तो अवस्थामा किमाथाङ्का सडकखण्डमा यातायात सेवा पुनःसञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ । साथै उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ ।

आयोजना प्रमुख गुरुङले भने, ‘भोटखोला २ स्थित छुम्सुरमा ठूला चट्टान सहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो । चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो ।’

सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो । सडक आयोजना कार्यालयले अन्य सडक खण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ ।

कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनैतिक रुपमा महत्वको रुपमा रहेको यस सडकमा वर्षायाममा पहिरो र चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ ।

भौगोलिक रूपमा अति विकट कडा चट्टान भएका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डको १ सय ६२ किमी मध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरेर गत बैशाखमा हस्तान्त्ररण गरेको थियो ।

उत्तरी क्षेत्रमा पर्ने किमाथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ ।

किमाथाङका–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी लाभान्वित हुनेछन् ।

सडक आयोजनाको सक्रियताले राष्ट्रिय पूर्वाधारको सञ्चालन कायम राख्नुका साथै दुर्गम क्षेत्रका नागरिकको सहज आवागमन र जनजीवनलाई सहयोग पुर्याएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी अघि बढाइएको पुनर्संरचनाको काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणको संरचनात्मक सुधारका लागि तयार पारिरहेको रोडम्यापलाई अन्तिम रूप दिने काम गरिरहेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लामो समयदेखि चर्चामा रहेको प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने घोषणा गरेको थियो ...
। प्रा. डा. गोविन्द केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्। उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिएको अनुमति खारेज गर्न तथा आर्मी मेडिकल कलेजलगायत शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय बदर गर्न माग गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै डा. ...
। पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका ...
। दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर विनोद न्यौपानेको टोलीले काम गरिरहेको थियो । यहाँ लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ । ‘यो अपाङ्गमैत्रीभन्दा पनि असक्षममैत्री हो । ज्येष्ठ नागरिक आउनुहुन्छ । पाटन अस्पताल नजिकै भएकाले बिरामीहरू आउनुहुन्छ’, न्यौपानेले भने, ‘उहाँहरूका लागि ...
। चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ । केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्राफिक लाइट जडानको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम