मुख्य समाचार
कैलालीबाट अछाम जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना
कैलालीबाट अछाम जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना

। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (कात्तिक ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको छ।

तीन जनाको अवस्था मध्यम

दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, अछामको विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना र कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी घाइते भएका छन्।

प्रहरीका अनुसार जीवनकला बयकको टाउको र हातमा चोट लागेको छ। हेमन्त तिमल्सिनाको पनि टाउको र हातमा चोट लागेको छ भने गोपाल बोगटीको टाउको र हातमा चोट लागेको छ। उनीहरू तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते तिमल्सिनालाई थप उपचारका लागि आज बिहान ११ः३० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा रिफर गरिएको छ।

छ जनाको अवस्था सामान्य

दुर्घटनामा अन्य छ जना पनि घाइते भएका छन्। घाइते हुनेमा कैलालीका तीन वर्षीय समिर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय बिर्ख टमटा, सोही ठाउँकी २० वर्षीया शारदा टमटा, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, अछामको विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक र कैलालीको लम्कीचुहा नगरपालिका–४ की २० वर्षीया शान्ति भण्डारी रहेका छन्।

प्रहरीले दिएको विवरणअनुसार समिर बादीको टाउको र हातमा चोट लागेको छ। बिर्ख टमटाको हातमा, शारदा टमटाको टाउकोमा, निरज भण्डारीको हातमा, धिराज विकको हातमा र शान्ति भण्डारीको टाउकोमा चोट लागेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालबालिकासहित अन्य १० जना सकुशल

दुर्घटनामा परेको गाडीमा सवार अन्य १० जना यात्रु बालबालिकासहित सकुशल रहेका छन्। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

चालक फरार, खोजी कार्य जारी

प्रहरीका अनुसार गाडी अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाहीले चलाएका थिए। गाडी अनियन्त्रित भई सडकमा पल्टिएपछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट दुई जना र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी नायब निरीक्षक बुद्धिसागर चौधरीको कमान्डमा ट्राफिकसहित छ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामाको सोमबार दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ...
: झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्। जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब ५:४० बजे राजगढ–घेराबारी सडक खण्डअन्तर्गत जनता चोकको दक्षिणतर्फ हात्तीको आक्रमणबाट खातुन गम्भीर घाइते भएकी ...
: दसैंको मौका छोपेर धनकुटाबाट सुनसरी हुँदै भारततर्फ प्रतिबन्धित लागुऔषध गाँजाको तस्करी भइरहेको पाइएको छ। तस्करहरूले धनकुटाका विभिन्न स्थानबाट गाँजा संकलन गरी सुनसरीका विभिन्न नाका र सडकमार्ग प्रयोग गर्दै भारततर्फ लैजाने गरेको पाइएको हो। चाडपर्वको समयमा सुरक्षा निकायको व्यस्तताको फाइदा उठाउँदै तस्करहरूले गाँजा ओसारपसारलाई तीव्रता दिएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार धनकुटाको शहिदभूमी, मुलघाट, भेडेटार, आहाले ...
। चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ । यो तथ्याङ्कमा भोटेकोशी र बूढीगण्डकी बाढीको तथ्याङ्क समावेश छैन । प्राधिकरणका अनुसार सात महिनाभन्दा कम अवधिमा देशभर ...
। बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम