मुख्य समाचार
चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु
चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु

। चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ । यो तथ्याङ्कमा भोटेकोशी र बूढीगण्डकी बाढीको तथ्याङ्क समावेश छैन ।


प्राधिकरणका अनुसार सात महिनाभन्दा कम अवधिमा देशभर ७ हजार ४३९ वटा विपद्का घटना भएका छन् । ती घटनामा २ हजार ४३३ जना घाइते भएका छन् भने १४ जना बेपत्ता छन् । विपद्का कारण ९ हजार ५२५ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा सर्पदंशका १ हजार ६२२ घटना भएका छन् । सर्पको टोकाइबाट ११० जनाको मृत्यु भएको छ भने १ हजार ५२५ जना घाइते भएका छन् । सर्पदंशका घटनाबाट १ हजार ६२७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।



पहिरोबाट ७६ र बाढीबाट ४१ जनाको मृत्यु

सर्पदंशपछि पहिरोले सबैभन्दा धेरै मानवीय क्षति पुर्‍याएको छ । वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर १ हजार ७०९ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परी ७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र ७५ जना घाइते भएका छन् । पहिरोका कारण १ हजार ४२६ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा बाढीका ४६० घटना भएका छन् । बाढीबाट ४१ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । बाढीका कारण १ हजार ३४८ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, चट्याङका ३३३ घटनामा ३६ जनाको मृत्यु र २०४ जना घाइते भएका छन् । चट्याङबाट ४०३ परिवार प्रभावित भएका छन् ।

आगलागीमा २९ जनाको मृत्यु

प्राधिकरणको तथ्यांकअनुसार देशभर १ हजार ५०७ वटा आगलागीका घटनामा २९ जनाको मृत्यु भएको छ । ती घटनामा २१९ जना घाइते भएका छन् भने १ हजार ६३९ परिवार प्रभावित भएका छन् ।

लेक लाग्ने ७२ घटनामा २६ जनाको मृत्यु र ४८ जना घाइते भएका छन् । मानव-वन्यजन्तु द्वन्द्वअन्तर्गत जनावरको आक्रमणका ३९८ घटनामा २१ जनाको मृत्यु र २४१ जना घाइते भएका छन् ।

त्यस्तै, छ वटा हिमपहिरोका घटनामा १९ जनाको मृत्यु र एक जना घाइते भएका छन् । हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु भएको छ भने १ हजार ४९५ परिवार प्रभावित भएका छन् । भारी वर्षाका ५८४ घटनामा सात जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु

प्राधिकरणका अनुसार कात्तिक २ गते बिहान १० बजेदेखि कात्तिक ३ गते बिहान १० बजेसम्म देशका २१ जिल्लामा २४ वटा विपद्का घटना भएका छन् ।

यस अवधिमा आगलागीका १८ घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । पाँच जिल्लामा भएका पाँच सर्पदंशका घटनामा नौ जना घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा विपद्का कारण करिब १८ लाख २ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ भने १६ वटा चौपाया मरेका वा क्षति पुगेको प्राधिकरणको विवरणमा उल्लेख छ । उद्धार तथा राहतका लागि १४१ जना प्रहरी परिचालन गरिएको थियो ।

प्राधिकरणले मौसम परिवर्तनसँगै आगलागी र चिसोका जोखिमप्रति सतर्क रहन तथा विपद्सम्बन्धी पूर्वसूचना र जानकारीका लागि आधिकारिक माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामाको सोमबार दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ...
: झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्। जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब ५:४० बजे राजगढ–घेराबारी सडक खण्डअन्तर्गत जनता चोकको दक्षिणतर्फ हात्तीको आक्रमणबाट खातुन गम्भीर घाइते भएकी ...
: दसैंको मौका छोपेर धनकुटाबाट सुनसरी हुँदै भारततर्फ प्रतिबन्धित लागुऔषध गाँजाको तस्करी भइरहेको पाइएको छ। तस्करहरूले धनकुटाका विभिन्न स्थानबाट गाँजा संकलन गरी सुनसरीका विभिन्न नाका र सडकमार्ग प्रयोग गर्दै भारततर्फ लैजाने गरेको पाइएको हो। चाडपर्वको समयमा सुरक्षा निकायको व्यस्तताको फाइदा उठाउँदै तस्करहरूले गाँजा ओसारपसारलाई तीव्रता दिएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार धनकुटाको शहिदभूमी, मुलघाट, भेडेटार, आहाले ...
। बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
: आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी साधनको पूजा गरिएको छ। सवारी साधनको पूजाका लागि सवारी धनीहरूले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन्।null केहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्दछन्। यस दिन सवारी साधन पूजा गर्दा लामो समय टिक्ने र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम