मुख्य समाचार
वर्षौंदेखि विस्तार हुन नसकेर अलपत्र रुपन्देहीको मर्चवारस्थित मुख्य सडकलाई चार लेनमा निर्माण गरिने
वर्षौंदेखि विस्तार हुन नसकेर अलपत्र रुपन्देहीको मर्चवारस्थित मुख्य सडकलाई चार लेनमा निर्माण गरिने

— वर्षौंदेखि विस्तार हुन नसकेर अलपत्र रुपन्देहीको मर्चवारस्थित मुख्य सडकलाई चार लेनमा निर्माण गरिने भएको छ । संघीय पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त सडकको अवलोकन गर्दै छिट्टै चार लेनमा विस्तार गरिने प्रतिबद्धता जनाएका हुन् ।

रुपन्देहीको पिछडिएको मर्चवारको स्थलगत अनुगमनका क्रममा उनले मुख्य सडक विस्तारसँगै ग्रामीण सडक निर्माण र स्तरीय अस्पताल स्थापनाका लागि बजेट व्यवस्थापन गर्ने जनाएका हुन् ।

रुपन्देही क्षेत्र नम्बर ४ का सांसद कन्हैया बनियाँको आग्रहमा मन्त्री लम्सालले मर्चवार भ्रमणका साथै प्रसिद्ध शक्तिपीठ मर्चवारी माई मन्दिरमा पूजाआजा गरेका थिए । मन्त्री लम्सालसँगै रुपन्देही क्षेत्र नम्बर २ का सांसद सुलभ खरेल र क्षेत्र नम्बर ५ का सांसद तौफिक अहमद खानले पनि ग्रामीण क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।

मन्दिर दर्शनपछि मन्त्रीसहितका सांसदले मर्चवार क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीय पूर्वाधारको अवस्था र विकासका आवश्यकताबारे जानकारी लिएका थिए । त्यस क्रममा स्थानीय बासिन्दाले सडक, अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयको स्तरोन्नतिलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

मन्त्री लम्सालले चालु आर्थिक वर्षको बजेटबाट दुईवटा खण्डमा चार लेन सडक विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार पहिलो खण्डअन्तर्गत ५ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल टेन्डर प्रक्रिया अघि बढाइनेछ ।

पहिलो खण्डकै बाँकी १५ किलोमिटर सडकको डीपीआर तयार गरी टेन्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले बताए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म टेन्डर आह्वान गर्ने योजना रहेको उनको भनाइ छ ।

सडक विस्तारले मर्चवार क्षेत्रको आवागमन सहज बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताए । मन्दिरसम्म पुग्ने बाटो र त्यसलाई जोड्ने सडकहरू चालु वर्षभित्र निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए ।

यसका अतिरिक्त मुख्य सडक तथा गाउँगाउँसम्म पुग्ने ग्रामीण सडकहरूको निर्माण र स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गरिएको उनले बताए ।

मन्त्री लम्सालले मर्चवार क्षेत्रको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । स्थानीय आवश्यकताको पहिचान गरी योजनाबद्ध ढंगले बजेट व्यवस्थापन र निर्माणका काम अघि बढाइने उनले बताए ।

सांसद कन्हैया बनियाँले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका सबै गाउँपालिकामा मन्त्रीको उपस्थितिमा विकास निर्माणका गतिविधि तथा स्थानीय आवश्यकताबारे अवलोकन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका १०३ जना प्रतिवादीलाई पर्सा प्रहरीले एक महिनामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार, पक्राउ परेका प्रतिवादीको हकमा कुल ४० वर्ष ११ महिना ...
: नुवाकोटको विदुर नगरपालिका–४, बट्टार बजारमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। मृतक युवकका आफन्त तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै मङ्गलबार सडकमार्ग अवरुद्ध बनाएका हुन्। सोमबार बट्टारबजार संगमचोकस्थित भित्री सडकखण्डमा युनाइटेड आधारभूत विद्यालयनजिकै विद्युतीय गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालक सोही ठाउँका ४४ वर्षीय नवराज ...
— पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकूल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका ...
: मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामाको सोमबार दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ...
: झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्। जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब ५:४० बजे राजगढ–घेराबारी सडक खण्डअन्तर्गत जनता चोकको दक्षिणतर्फ हात्तीको आक्रमणबाट खातुन गम्भीर घाइते भएकी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम